“बिना सहमति बनेका चर्चहरू सबै बिना सर्त हटाइनुपर्छ, इसाई कार्यालय राख्न दिन हुन्न”

दीर्घराज प्रसाई
ए,प्रधानमन्त्री खड्ग ओली! हेक्का लिए हुन्छ, यस्ता ढंगले यो मुलुकको निकास हुन्न! नेपाल निराजको मुलुक भएको छ !
कैलाश मानसरोवरदेखि हिन्दमहासागरसम्म जसको राज्य र घर छ त्यो हिन्दू हो । सभ्यता विकासमा विश्व जगज्जेष्ठ हिमालय हो । मानव ज्येष्ठ हाम्रो दर्शन ज्येष्ठ हो । मनु यही“ जन्मेका, वेद यही“ जन्मेका, उपनिषद् तराईमा बनेका हुन् । पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा हिमवत् खण्डका स–साना हिन्दु राज्यहरूको एकीकरणपछि ५४ भन्दा बढी हिन्दु राज्यहरू एकीकरण गरेर विश्वको एक मात्र हिन्दु अधिराज्यका रूपमा स्थापित हुन सकेको हो । विशाल–नेपालको सिर्जना पृथ्वीनारायण शाहको नेतृत्वमा साम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो ।
२०६३पछि भारतको इशारामा धर्मनिरपेक्ष, गणतन्त्त, संघीयता लाध्न खोजेर राष्ट्रघाती बाटो लिए ।अव यसरी देश चल्दैन ।नेपालको राजसंस्था देशको मेरुदण्डको रुपमा स्थापित भएकाले अव राजसंस्था तथा हिन्दुअधिराज्यलाई यथावत कायम गरेर सार्वभौम अस्तित्व बचाउने काम गरियोस् । निर्वाचनको नाममा बामगठबन्दन र प्रजातान्त्रिक समूहबीचको ताण्डव-नृत्य नेपालको राष्ट्रियता र प्रजातन्त्रको लागि हितकारक छैन । नेपालमा पार्टीबाहिर र पार्टीभित्रका आदिवासी जनजातिका अगुवाहरूलाई फुटाएर प्रशस्त रकम दिएर दिग्भ्रमित गराउन थालिएको छ ।
माओवादी सत्तामा आएदेखि राष्ट्रिय,अन्तराष्ट्रिय क्षेत्र लथालिङ्ग छ ! रअ’, को संरक्षणमा ब्वाँसा जस्तो देशलाई भौडीमा हाल्ने मध्येका प्रचण्ड, बाबुराम भट्टराई, कृष्णबहादुर महरा एक हुन् ! नेपालमा ठूलो पार्टी वा साना पार्टीभित्रका बाहुनहरू, नागरिक समाज र मानवअधिकारवादी गैरसरकारी संस्थाका अगुवाहरू अधिकांश बाहुनहरू नै छन् । बाहुन नेताहरूले जुनसुकै धर्म माने पनि आवश्यकभन्दा बढी पैसा दिए पनि उनीहरू चुप्प लाग्छन् भन्ने उनीहरूको अध्ययन छ । बितेका १३ बर्षदेखि नेपालमा इसाईहरूको आपत्तिजनक चलखेल देख्न सकिन्छ । यस स्थितिमा नेपालमा धर्मपरिवर्तन गर्ने इसाईलाई यो भूमिमा चलखेल गर्न नदिन हामी आफैँ सचेत हुनुपर्छ ।
पुरी गोवर्धनपीठका आदी शंकराचार्यको नागरिक अभिनन्दन प्र मं ओलीले टुडिखेलमा जेष्ठ ०१ मा सामुहिक रूपमा गर्नुभयो । नेपाल सरकारको जनगणना २०६८ को तथ्यांक भन्छ – ८४% हिन्दु हरू नेपालमा वस्छन् । त्यो तथ्यांकलाई कुल्चेर धर्मनिरपेक्षको यात्रामा रहनु हुने प्र मं ओली समयको गतिसंगै दिग्भ्रमित भएका छन्। हिजो आतंककारीको विल्ला भिराईएको माओवादीको सहकार्यमा खड्ग ओली सत्तासीन हुनुहुन्छ । यो मुलुकलाई यस्ता ढंगले निकास दिन सक्नुहुन्न! ओलीजी हेक्का लिएहुन्छ !
केपी ओली दोस्रो पटक प्रधानमंत्री भएपछि यत्ति हौसेकि उनको अहंकारको सीमा नैं रहेन । नेपाललाई कसरी उठ्न नसक्ने गरी आक्रमण गर्ने सोच लिन थालेका छन्।सँगत भनेको कस्तो हुन्छ भने मौरीको संगतमा गएमा फूलको बासना र महको भण्डारमा पुगिन्छ, झिँगाको बाटोमा लागियो भने फोहरको डड्गुर र रछयानमा पुगिन्छ, । अहिले केपी ओली प्रधानमंत्री भएपछि माओवादीसँग टाँसिन पुगेपछि उनी पनि झिँगाको बथानमा पूुगेका छन् ।
आफैले बारम्बार आतंककारी भनेका भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ ले तालीम दिई आर्थिक सहयोगकासाथ नेपाल ध्वस्त गर्ने इसाईका समर्थक माओवादीसँग हात मिलाएर विक्रम संवत् २०७५ साल जेष्ठ ४ गते माओवादीसँग बिलय हुन पुगेकाले ओलीको राष्ट्रियता रछयानमा पुगेको छ । अहिले नेपालमा इसाईहरु हावी भएका छन् ! अहिलेको नेपाल कम्युनिष्ट पार्टी केपी ओली नेतृत्वको सरकार यूरोपका इसाई र एसिया प्यासिफिक सम्मेलन नेपालमा गराएर नेपालीहरुलाई इसाई धर्मको रक्सी पिलाउनु आपत्तिजनक कुरा हो ।
नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको समन्वय र संतुलन गरेर राजाको अपस्थितिमा सम्पूर्ण देशभक्तशक्ति सक्रियबनेर देश बचाउन सक्नुपर्छ। २०६३ सालपछि विनासहमति बनेका चर्चहरू सबै विनासर्त हटाइनुपर्छ र कुनै नेपालीले आफ्ना घरमा प्रशस्त भाडा दिइरहेका भए पनि इसाई कार्यालय राख्न दिन हुन्न । नेपाल सानो भएता पनि भारतले ठूलो महत्व दिने सूत्र नेपालमा हिन्दु राजसंस्था र हिन्दु अधिराज्य भएर र नैं हो । राजसंस्था र हिन्दु अधिराज्य यथावत कायम राखी युगयुगान्तरसम्म नेपालको अस्तित्व बाँचिरहनु पर्छ ।
(–दीर्घराज प्रसाईको फेसबुक वालबाट)