२ जेठ, नवलपरासी । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका–२ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।
ग १ त ५१७४ नम्बरको ट्याक्टर बुधबार साँझ दुर्घटना हुँदा बौदीकाली–२ का १६ वर्षीय सुदीप नेपालीको मृत्यु भएको हो ।
ट्याक्टरबाट अचानक खसेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँ लगेकोमा स्वास्थ्य केन्द्रका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्याक्टर र त्यसका चालक प्रहरी नियन्त्रणमा लिएको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
