Logo

संकटमा पाल्पाको ढाका र करुवा व्यवसाय


२ जेठ, पाल्पा । ढाका तथा करुवा पाल्पाको पहिचान हो । तर पाल्पामा पछिल्लो समय ढाका बुन्ने र करुवा बनाउने व्यवसाय धरापमा परेको छ ।

पाल्पाको तानसेन नगरपालिका–६ कि पूर्णमाया महर्जनले आफूले शुरुआत गरेको ढाकाका कपडा बनाउने व्यवसाय पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको बताइन्

०१५ देखि ढाकाका कपडा बुन्न आफूले शुरुआत गरेको पेशा पछिल्लो समय छिमेकी देश भारतबाट आउने कपडाले पहिचान मेटाउन थालेको उनले गुनासो गरिन् । श्रीमानको जागिर भारतमा हुँदा त्यही बसेर दुई वर्षसम्म चर्खा बेर्ने र हातले तान बुन्ने सीप सिकेकी पूर्णमायाले पाल्पामा आएर सबैलाई सीप सिकाएकी थिइन् ।

कुनै बेला पाल्पामा एक हजार ५०० बढी कामदारलाई रोजगारी दिएकी महर्जनलाई अहिले भने आफ्नो कारखाना नै शून्य लाग्छ । पहिले–पहिले बिहेको लगन आउने बित्तिकै चोलो पछ्यौरा तथा टोपी किन्नेको पसलमा घुइँचो लाग्ने गरेको उनले स्मरण गरिन् । पाल्पाको तानसेनमा स्वदेशी वस्त्रालय पाल्पाली ढाका कपडा उद्योग सञ्चालन गरेर विगत छ दशकदेखि सेवा दिएको स्मरण गर्दै उनले भनिन्, ‘अहिलेका व्यापारीले बाहिरबाट ल्याएको ढाकालाई पाल्पाली भनेर बेचेको देख्दा दुःख लाग्छ ।’ उनले पाल्पाली ढाकाजस्तो असली ढाका बाहिरबाट ल्याएका ढाका नहुने बताइन् ।

पाल्पाली ढाकाजस्तै पाल्पाको छुट्टै पहिचान दिने पाल्पाली करुवा पनि लोपोन्मुख अवस्थामा छ । पहिले तानसेन टक्सारटोलमा २५ घरपरिवारले व्यावसायिकरूपमा सञ्चालन गरेको करुवा तयार पार्ने व्यवसाय अहिले तीन घरमा सीमित बनेको छ । करुवा बनाउने तालिम र कामसमेत दिने भने पनि यसतर्फ कसैको ध्यान नगएको करुवा उद्योगका सञ्चालक उत्तमकुमार बज्राचार्यले गुनासो गरे । उनले भने, ‘करुवा बनाउन चाहिने कोइला र काँचको अभाव त छ तर अभावका बीच व्यवसायमा काम दिन्छु भन्दा पनि कसैले चासो दिँदैनन् ।’

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्