Logo

शिक्षा र स्वास्थ्यका माफियालाई रत्नपार्कमा ल्याएर पछार्छौंः विद्यार्थी नेताह


काठमाडौं । ५५औं विद्यर्थी दिवसको सन्दर्भमा राजधानीमा भएको विरोध सभामा बोल्ने विद्यार्थी नेताहरुले सरकारले एकपछि अर्को फासिवाद लाद्न खोजेको र त्यसविरुद्ध आगो दन्काउने चेतावनी दिएका छन् ।

नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले वर्तमान सरकारले संविधान विरुद्ध हुने गरी विदेशीको इसारामा विप्लव नेकपालाई प्रतिबन्ध लगाएको जिकीर गरे । शाहले जर्वजस्त देशलाई युद्धमा धकेल्ने षड्यन्त्र रचेको र लोकतन्त्र मास्न लागेको भन्दै, त्यसलाई खारेज गर्न आम युवालाई सडकमा आउन आह्वान गरे ।

अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले हालै गिरफ्तार गरिएका विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका अध्यक्ष चिरन्जीवि ढकाललाई तत्काल रिहा गर्न माग गरे ।

अध्यक्ष गजुरेलले शिक्षा क्षेत्रमा भएको विकृति विरुद्ध सबै विद्यार्थी संगठन एक हुन र आन्दोलित हुन आह्वान समेत गरे । त्यसैगरी,अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले दलाल सत्ताको विरुद्ध अन्तिम समयसम्म लडिरहने उद्घोष गरे ।

रायमाझीले शिक्षा र स्वास्थ्यमा माफियाकरण गर्ने दलालहरुलाई रत्नपार्कमा लगेर पछार्ने चेतावनी दिए । सरकारको फासिवाद, भ्रष्टाचार, राष्ट्रघात विरुद्ध जनता चाडै सडकमा उत्रन बाध्य नपार्न चेतावनी पनि दिए ।

त्यसैगरी विप्लव निकट विद्यर्थी संगठन (अखिल क्रान्तिकारी)का सचिबालय सदस्य मिलन राइले वर्तमान सरकार लुटेराहरुको जमात भएको आरोप लागाउँदै, क्रान्तिकारीका लाखौं युवाहरुलाई जनमुक्ति सेनामा भर्ति हुन बाध्य नपारियोस भने ।
साथै राइले आफ्नो विद्यार्थी संगठन अध्यक्ष चिरन्जीवि ढाकाललाई तत्काल रिहा नगरिए कडा प्रतिरोध गर्ने चेतावनी समेत दिए ।

कार्यक्रमा अनेरास्ववियु पाँचौका अध्यक्ष घनस्याम मिश्र, नयाँशक्ति विद्यार्थी युनियनका अध्यक्ष स्यामबाबु गौतम, राष्ट्रिय विद्यार्थी संघका महासचिब रन्जित मिश्र, अखिल नेपाल विद्यार्थी युनिनका अध्यक्ष प्रविण मिश्र लगायतका ११ विद्यार्थी संगठनका नेताहरुले वर्तमान सरकारले दुइतिहाइको दम्भले देशलाई खतरामा पार्न खोजेको भन्दै त्यसप्रति खरो उत्रने बताए ।

आजै अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष मदन चन्दलाई कार्यक्रम स्थलबाटै प्रहरीले गिरफ्तार गरेको छ । बोल्ने वक्ताहरुले ओली सरकारले नेकपामाथिको गैरकानूनी प्रतिबन्ध, प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्ने र भ्रष्टाचार र राष्ट्रघातलाई संस्थागत गर्न लागेको आरोप लगाएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्