साहित्य र संस्कृतिक क्षेत्रको एउटा जिउँदो इतिहास : १०० वर्ष बाँच्नेको अनुभव (भिडियो)
सत्यमोहन जोशी । साहित्य र संस्कृतिक क्षेत्रको एउटा जिउँदो इतिहास । जसको नाम सुन्ने वित्तिकै धेरैले श्रद्धाले शिर निहु¥याउछन् । साहित्य र संस्कृतिको अन्वेषण, सिर्जना एवं मानव कल्याणका काम गर्दागर्दै जोशीको उमेर एक शताब्दी पुगेको छ । विक्रम सम्बत् १९७७ बैशाख ३० मा ललितपुरको बखुम्बहालमा जन्मिनुभएका जोशी एक सय बर्ष टेक्दै हुनुहुन्छ । नेपालीको औसत आयु बल्ल करिब ७० बर्ष पुग्दैछ । तर जोशी यस्ता पात्र हुनुहुन्छ जसले सयबर्षको जीवन जिउनुभएको छ । एक शताब्दीको सक्रिय जीवनमा उहाँले पटक–पटकका राजनीतिक परिवर्तन देख्नुभएको छ । सामाजिक र सांस्कृतिक रुपान्तरणको अगुवाई मात्र होइन, आफ्नै अगाडी समाज कसरी परिवर्तित हुँदै अगाडी बढिरहेको छ लेखाजोखा गर्न पाउनु भएको छ ।
एक शताब्दीको जीवन जिउनु आफैमा रोचक छ नै, साहित्य र संस्कृतिको क्षेत्रमा उहाँले गरेको योगदान अझै उँचो छ । तीनपटक मदन पुरस्कार पाउनुभएका र निरन्तर साहित्य अन्वेषणमा रहनुभएका जोशीसंग आज म १०० बर्षमा उहाँले देख्नुभएको समाज, यसभित्रका प्रबृत्ति, पात्र, जीवन जिउने कला, आहार विहार लगायतका बिषयमा कुरा गर्नेछु । एक शताब्दी टेक्दै गरेको व्यक्तिसंग विरलै मात्र गर्न पाइने यस्तो संवादका लागि स्वागत गरौ मेरा अतिथि ‘वाङमय शताब्दीपुरुष’ घोषित संस्कृतिविद् सत्यमोहन जोशीलाई ।
नेपाली तथा नेवारी भाषामा ६० भन्दा बढी पुस्तक प्रकाशित गर्नुभएका जोशीले तीन कृतिका लागि मदन पुस्कार प्राप्त गर्नुभएको छ । नेपाल सरकारका तर्फबाट उज्जवल कीर्तिमान राष्ट्रद्धीप र पद्मश्री साधना सम्मानबाट सम्मानित उहाँ काठमाडौं विश्वविद्यालयको मानार्थ विद्यावारिधीबाट बिभूषित हुनुहुन्छ ।
सत्यमोहनलाई शताव्दी पुरुष कसरी घोषणा गराइयो भन्ने बारे नरेन्द्रराजको वर्णन यस्तो छ–
दाजु नमस्कार !
मैले सात वर्षअघि “शताब्दी पुरूष” लेख्ता नपत्याएर तपाईं हाँस्नु भएथ्यो । राज्यबाटै यो उपाधि पाएर तपाईं आज गौरवीबोधले हाँस्नु भएको छ ।
“नरेन्द्रराज प्रसाईका लागि पनि म १०० वर्षअघि मर्दिन” भन्नुभएथ्यो; तपाईंले वचन पूरा गरिदिनु भएको छ; दाजु !
तपाईंले भन्नुभयो- “मलाई जीवनमा अब केही चाहिंदैन, नइको सपना र मेरो इच्छा सरकारले पूर्ण गरिदियो ।” हो दाजु; नेपाल सरकारले तपाईंलाई “वाङमय शताब्दी पुरूष”को उपाधि दिएर हाम्रो लक्ष्य पूरा गरिदियो । यो सम्मान सारा वाङमयको सम्मान हो; दाजु !
तपाईं दाजु ! नेपालको गौरव, हाम्रो गौरवी ! तपाईंले शताब्दी वर्ष टेकेको आजको दिन तपाईंलाई मेरी पुरोधिका इन्दिराका तर्फबाट समेत बधाई चढाउँछु; दाजु !