Logo

निजी सचिवले घूस खाएको आरोपपछि वाणिज्य मन्त्रालयमा बबाल, मन्त्री यादवले समाते कर्मचारीको कठालो


काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका निजी सचिवले घूस खाएको आरोप लागेपछि मन्त्रालयमै बबाल मच्चिएको छ । निजी सचिव प्रेम आचार्यले घूस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप लगाउँदै केही कर्मचारी विरोधमा उत्रिएपछि बुधबार दिउँसो आपूर्ति मन्त्रालयमा लफडा भएको हो ।

मन्त्रालयले मापदण्ड नबनाइ पदस्थापन गरेको रनिजी सचिव आचार्यले घूस खाएको आरोपसहित उनको कार्यकक्षमा पुगेका कर्मचारी युनियन संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी र उपाध्यक्ष उत्तम कटुवालको नेतृत्वको टोलीबीच विवाद भएको थियो।

घूस लिई सरुवा गरेको भन्दै निजी सचिव आचार्यमाथि आरोप लागेपछि कार्यकक्षमा रहेका मन्त्री यादव जंगिँदै बाहिर निस्केका थिए। मन्त्री यादवले भनेका थिए, ‘झगडा गर्ने को हो, घूस खाको भन्ने को हो? प्रमाण के छ, पुष्टि गर। नत्र यहीं थुन्छु।’ मन्त्री यादवलेढोका लगाउन निर्देशन दिएसँगै करिब एक दर्जनको संख्यामा रहेकाकर्मचारीहरु भागभाग गरे। त्यही बेला मन्त्री यादव कर्मचारीहरुको कठालो समाउन पुगे।

मन्त्री यादवका निजी सचिव आचार्यले भने ती कर्मचारीहरुले उद्योग विभाग जान नपाएको झोंकमा आफूमाथि घूस लिएको आरोप लगाएको दाबी गरे।

गृहमन्त्रालयबाट हटाइएका उपसचिव विनोद खड्कालाई उद्योग मन्त्रालयले आर्थिक चलखेल गरी उद्योग विभागमा पदस्थापन गरेको, शाखा अधिकृत आर्जुन राईलाई अध्ययन बिदा सकेको वर्ष दिन नपुग्दै उद्योग विभागमा सरुवा गरेको भन्दै कर्मचारीहरुले विरोध जनाएका छन् ।कान्तिपुर दैनिक

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्