सुष्मिता राईको जीवन कथामा आधारित म्युजिक भिडियो ‘लुटि दियौ’ सार्वजनिक

काठमाडौ – दृष्टि बिहिन गायिका सुष्मिता राईको जीवन कथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ । अत्यान्तै मिठो कर्णप्रिय स्वरका धनि गायिका सुष्मिता राईको आफ्नै स्वर रहेको “लुटि दियौ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गीतकार निशा नेम्वाङ्गको शब्द रचनालाई गायक तथा संगीतकार सुहाङ्ग लिम्बुले संगीत गरेका हुन् भने रुबेन जोयले यो गीतमा एरेन्ज गरेका छन् ।
सार्वजनिक म्युजिक भिडियोमा गायिका स्वयम् सुष्मिता राई, सुहाङ्ग लिम्बुको मुख्य अभिनय रहेको छ भने बाल कलाकार द्वय सृष्टि खरेल र सिम्रन पुनले पनि अभिनय गरेका छन् ।
सार्वजनिक म्युजिक भिडियोलाई बिनोद बान्तावा राईले छायांकन गरेका हुन् भने ड्रोन पाईलट सुमन मगर रहेका छन् । काठमाडौ भन्दा बाहिरका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् भने ईन्द्र जिजीबिषाले म्युजिक भिडियोको निर्देशन गरेका हुन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला