Logo

सुकुम्बासी बस्ती हटाउने जनप्रतिनिधिलाई छानिछानी कारवाही गर्छौंः विप्लव नेकपा


नगरपालिकाले सुकुम्बासी बस्ती हटाउन उर्दी जारी गरेसँगै समानान्तर सत्ता चलाइरहेको विप्लव नेकपाले भने विना बिकल्प सो बस्ती हटाए जनकारवाही गर्ने चेतावनी दिएको छ । झापाको मेचिनगर ६ साठिबिघा गोसखानमा अवस्थित सुकुम्बासी बस्ती हटाउन सरकारले उर्दी जारीगरेपछि विप्लव नेकपाले यस्तो चेतावनी दिएको हो ।

चेतावनी सहितको विज्ञप्ति र ब्यानर टाँसेर सो पार्टीले यस्तो चेतावनी दिएको छ । सरकारद्धारा प्रतिबन्धित सो पार्टीको जिल्ला जनपरिषद नेपाल, झापाका प्रमुख दिपकले वैशाख २९ गते जारी गरेको विज्ञप्ति प्रकाशित गर्दै चेतावनी दिएका हुन् । आगलागीबाट सो बस्ती गत पुसमा ध्वस्त भएको थियो । त्यतिबेलादेखि नै पीडितहरुले पटकपटक क्षतिपूर्ति माग गरेपनि नपाएको एक पीडितले जानकारी दिएका छन् ।

जनसरकार प्रमुख दिपकको विज्ञप्तिमा ‘यतिबेला देश गम्भीर संकटको घडिमा परिरहेको हामी सबैलाई थाहा छ । दुई तिहाईको केपी नेतृत्वको सरकार यतिबेला चरम भ्रष्टाचारमा डुबेको र स्वयं सरकारकै मन्त्री तथा नेताहरुले देशभर जग्गा हडप्नेदेखि लिएर चरम भ्रष्टाचार गर्ने, देशभरका सुकुम्बासी बस्तीहरुमा हस्तक्षेप गर्दै कतै आगजनी त कतै डोजर लगाउने गरेको कुरा सबै नेपाली जनतालाई अवगत छ ।

हामी यतिबेला नेपाली जनताको हक अधिकारको सुनिस्चित गर्न र नयाँ बैज्ञानिक समाजवाद ल्याउनको निमित्त जनताका माझमा संघर्षरत रहेको कुरा यहाँहरु सबैलाई थाहा छ । झापा जिल्ला मेचिनगर नगरपालिका ६ साठिबिगा स्थित गोसखानमा रहेको सुकुम्बासी बस्ती ०७५ पुसमा संकास्पद ढंगले आगजनीबाट ध्वस्त भएपछि सम्बन्धित पक्षलाई छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिसहित बसोबासको प्रर्वद्धन गर्नका निमित्त हामीले सम्बन्धित निकायलाई आग्रह गरेको विद्धितै छ ।’ भनिएको छ ।

‘उक्त घटना सामान्य आगलागीको घटना मात्रै नभएर सयौं नागरिकको जीवनसँग सम्बन्धित परिघटना हो । उक्त घटनाको छानबिन गरी पीडितलाई न्याय तथा क्षतिपूर्ति दिनुको सट्टा यतिका महिनासम्म पिडितहरुलाई बेवास्ता गर्दै छलछाम र षड्यन्त्र गरी भूमाफिया, केही भ्रष्ट जनप्रति र तीनका कर्मचारीको योजना मुताविक सुकुम्बासीहरुलाई विस्थापित गर्ने र उक्त ठाउँ आफू अनुकुल उपयोग गर्ने नियतका साथ अगाडि बढेको प्रष्ट छ । हामी दलालहरुको उक्त हर्कत र बस्ती खाली गर्न नगरपालिकाले जारी गरेको उर्दिको कडा शब्दमा निन्दा गर्दै खारेजी गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।

‘हामी नागरिकको आधारभुत आवश्यकतासमेत नामेट पार्ने गरी यस सुकुम्बासी बस्तीलाई विस्थापित नगर्न, घर टहरा नहटाउन र हटाउनै परे सर्वपक्षीय छलफलद्वारा पीडितहरु समितिको सहभागीतामा उचित बैकल्पिक ब्यवस्थाको ग्यारेन्टि गरी र पीडितहरुलाई पूर्ण क्षतिपूर्ति दिएर मात्रै समस्याको समाधान गर्न आग्रह गर्दछौं । अन्यथा जबर्जस्ती बस्ति हटाउने प्रयत्न गरिएमा भ्रष्ट जनप्रतिनिधि, भूमाफिया, दलाल, टोले गुन्डा लगायतका बिरोधी तत्वहरुलाई छानिछानि जनकारबाही गरिने चेतावनी सहित सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ ।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्