आह ! हेर्नुहोस् अष्ट्रेलियाको चोकचोकमा रवि लामिछाने
काठमाडौं ।
चर्चित कार्यक्रम सिधा कुरा जनता सँगका चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछाने अस्ट्रेलिया आउने भएका छन् । अबको २ साता पछि पत्रकार रवि लामिछाने लोकप्रिय कार्यक्रम सिधा कुरा जनता सँग लिएर अस्ट्रेलियाको सिड्नीमा आउने भएका हुन् ।
अस्ट्रेलियामा लोकप्रिय टेलिभिजन ‘लाहुरी टिभी ले आयोजना गरेको कार्यक्रममा अस्ट्रेलियामा रहेका सम्पुर्ण नेपाली समुदायसँग यहाँ भएका समस्या लगायतका विषयहरूमा लामिछानेले कुराकानी गर्नेछन् । नेपालीको समस्या, समस्यामा पार्ने निकाय र तिनका प्रमुखलाई र्याखर्याखती पार्दै लामिछानेले जनताका गुनासा नेपाल सरकारको प्रतिनिधि संस्था राजदूतावासलाई पनि सोध्न सक्नेछन् ।
केही समयअघि अस्ट्रेलियाका विद्यार्थीले गरेको गुनासाका आधारमा लामिछानेले कार्यक्रम चलाएका थिए । जसका कारण निक्कै कन्सल्टेन्सीमा हंगामा मच्चिएको थियो भने विद्यार्थीहरू हर्षित थिए । उनै लामिछानेले अब प्रत्यक्ष रुपमा नै अस्ट्रेलियावासीसँग भेट गर्दैछन् । गुनासा, जिज्ञासा र समस्याका प्रश्न भए तयार पार्न पनि उनले आग्रह गरेका छन् ।
यो पनि पढ्नुहोस् ।
अस्ट्रेलियामा धमाकेधार सांगीतिक प्रस्तुति हुदै
द भोइस अफ नेपाल आउदै अस्ट्रेलिया अस्ट्रेलिया को मेलबर्न मा द भोइस अफ नेपाल को टिम आउने भएको छ । नेपालि टेलिभिजन को चर्चित शो द भोइस अफ नेपाल को टिम अस्ट्रेलिया को मेलबर्न मा सांगीतिक प्रस्तुति को लागि आगामी २५ तारिक मा आउने भएका छन् ।
कलाकार हरुले धमाकेधार प्रस्तुति दिने छन् ! २५ मे २०१९ सनिबार को दिन साइप्रस कम्युनिटी हलमा कार्यक्रम सुरु हुने जनाइएको छ । उक्त कार्यकम मा १८ वर्ष भन्दा माथि का व्यक्तिलाई मात्र प्रवेश दीइने छ ।
द भ्वाइस अफ नेपालको अष्ट्रेलिया टुरमा रहेको टिममा शोका विजेता सीडी विजय अधिकारी लगायत उत्कृष्ट पांचमा पर्न सफल कुशल आचार्य, श्रिजय थपलिया, सप्तक दुताराज, सुरेखा क्षेत्री, श्रेया राई रहनेछन् । कलाकारको साथमा कार्यक्रमका संचालक सुशील नेपाल समेत उक्त टिममा रहने आयोजकले बताएका छन् । साझा संजालमा खबर छ ।