Logo

काठमाडौंमा बढ्यो खुलमखुला यौन क्रियाकलाप, नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन !


काठमाडौं । महानगरीय प्रहरी परिसर (काठमाडौं) ले राजधानीका विभिन्न स्थानमा हुने यौन क्रियाकलाप तथा खुलमखुला रूपमा हुने यौन बार्गे्निङ रोक्न अभियान सुरु गरेको छ ।

सार्वजनिक स्थानमा अपाच्य हुनेगरी यौन लक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसरले त्यस्ता गतिविधि रोक्न विशेष अभियान आइतबार सुरु गरेको हो।

मानिसलाई पच्नै नसक्ने गरी अनैतिक क्रियाकलाप हुन थालेपछि प्रहरीले राजधानीमा त्यस्ता गतिविधि रोक्न अभियान सुरु गरेको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताएका छन् ।

आजको राजधानीमा महेश्वर गौतमले यो खबर लेखेका छन्। आइतबार मात्रै प्रहरीले राजधानीका नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, कलंकी लगायतका क्षेत्रबाट विभिन्न व्यक्ति पक्राउ गरेको जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अनैतिक क्रियाकलाप हुने ठाउँलाई मध्यनजर राख्दै प्रहरीले उक्त क्षेत्रमा छापा मारेको जानकारी दिए ।

उनले भने, ‘काठमाडौँमा हुने अनैतिक क्रियाकलापलाई रोक्नका लागि प्रहरीले उक्त अभियान सञ्चालन गरेको हो ।’

महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेको थियो । पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्