Logo

किङ्‍स लाउन्जमा पूर्वराजा ज्ञानेन्द्रको तीन घण्टा


काठमाडौं । काठमाडौंको दरबार मार्गमा सञ्चालनमा रहेको किङ्‍स लाउन्जमा पूर्वराजा ज्ञानेन्द्र शाहको परीवारले तीन घण्टा बिताएका छन् ।

श्रीमती कोमल शाह, बुहारी हिमानी शाहलगायतका साथमा पूर्वराजा ज्ञानेन्द्र किङ्‍स लाउन्‍ज पुगेका थिए । झण्डै ४० जना आफन्तको साथमा किङ्‍स लाउन्ज पुगेका ज्ञानेन्द्रले तीन घण्टा समय बिताएका थिए ।

सुट पाइन्ट लगाएर औपचारिक शैलीमा किङ्‍स लाउन्ज पुगेका पूर्वराजा ज्ञानेन्द्र हर्षित मुद्रामा देखिन्थे । सुरक्षाकर्मीको बाक्लो उपस्थितीकाबीच दरबारमार्ग पुगेका थिए ।

-बाह्रखरी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्