Logo

चकनाचुर भयो अन्जना महतको क्यानडा जाने सपना…कारण यस्तो !


काठमाडौँ । ललितपुर महानगरपालिका-२६ ढोलाहिटिमा केही दिन पहिले दुखद घटना घट्यो । पछिल्लो समयमा यस्ता दुखद घटना घटिरहेका छन् जस्लाइ हामी सोच्न समेत सक्दैनौ त्यस्ता घटनाहरू देखिरहेका छौ । गत बिहीबार जेठाजु उज्ज्वल महतले २५ वर्षीय अन्जना लामा महतलाई खुकुरी हानी हत्या गरे। उज्ज्वले आफ्नै बुहारीलाई निर्ममता पूर्वक बीभत्स हत्या गरेका छन् । घरमा आमा सुतिरहेको बेला एक्कासि उज्ज्वले खुनले लतपतिएको नाङ्गो खुकुरी बोकेर आमालाई उठाउँदै भने “आमा मैले बुहारीलाई मारे, प्रहरी बोलाइदिनुस्”। हत्या गर्ने उज्ज्वल एक म्युजिसियन समेत हुन्।

जेठाजुले पटक-पटक खुकुरी प्रहार गरेपछि अञ्जनाको घटनास्थलमै मृत्यु भएको हो । ‘एक्सीस ब्यान्ड’ मा संलग्न रहेका उनले ड्रमसेट समेत बजाउने गरेका थिए। त्यति मात्र नभई ‘सुन साइली’ बोलको गीतमा अडियो इन्जिनियरिङ गर्ने पनि उज्ज्वल नै हुन्। तर बिहिबार उनले जुन घटना घटाए, त्यसले उनका छिमेकि,परिवार अनि सगोत्री सम्पूर्णलाई चकित बनाइदिएको छ। व्यवहारको कुरा गर्नुपर्दा उनी शान्त र कम बोल्ने स्वभावको रहेको उनलाई चिन्नेहरु बताउँछन्। तर अस्वभाविक व्यवहार देखाउन थालेपछि उज्ज्वललाई केहि समय अगाडी झारफुकका लागि झाँक्रीकोमासमेत लागिएको छिमेकिहरु बताउँछन् । उज्वल आफ्नी श्रीमती र एक छोरा, भाइ बुहारी, बुबा-आमासँग एउटै घरमा बस्दै आएका थिए।

पारिवारिक रुपमा कुनै कलह नरहेको भएता पनि उनी परिवारसँग खासै राम्रोसँग बोल्दैनथे। कम बोल्ने भएपनि उनको परिवारमा सबैसँग राम्रै सम्बन्ध थियो। पारिवारिक श्रोतका अनुसार चलाउँदै आएको ब्युटी पार्लर बेचेर अञ्जना श्रीमान प्रज्जवलसँग क्यानडा जाने तरखरमा थिइन्। कहाँ र कसरी भयो घटना ? उज्ज्वलले बुहारी अञ्जनाको हत्या आफ्नै घरमा गरेका हुन्। घरको एक कोठामा रहेकी अञ्जना माथि उज्ज्वलले कयौं-पटक खुकुरी प्रहर गरेका थिए। शुरुमै प्रहार गरेको खुकुरी छेक्न खोज्दा अञ्जनाको देब्रे हात पूरै छिनेको थियो। प्रहरीका अनुसार उज्ज्वलले अञ्जनाको २० औं ठाउँमा खुकुरी प्रहार गरेका थिए। पटक-पटक खुकुरी प्रहार गरी अञ्जनाको मुटु समेत दुई टुक्रा बनाइएको थियो।

खुकुरी प्रहार गर्नेक्रममा उज्ज्वलले आफ्नै पनि औंला काटेका थिए। घटना घटाईसकेपछि उनले आफ्नी आमालाई ‘आमा बुहारी काटेर आएँ, प्रहरी बोलाउनुहोस्’ भन्दै जानकारी गराएका थिए। प्रहरी घटनास्थलमा पुग्दा खुकुरी उज्ज्वलकै हातमा थियो, उनी घरको बरन्डामा थिए। उनले लगाएको कपडाभरि रगतको छिटा थिए, उनको अनुहार समेत रगतमा लतपतिएको थियो। अञ्जनाको हत्या भएको कोठाभरि रगत नै रगत थियो।

के भन्छ प्रहरी ? यस हत्या प्रकरणको अनुसन्धान महानगरीय प्रहरी वृत्त चापागाउँले गरिरहेको छ। अञ्जनाका पिता गणेशबहादुर लामा र उज्वलका नातामा काका पर्ने शिवराम महतले प्रहरीमा किटानी जाहेरी दिसकेका छन्। सोहि जाहेरीको आधारमा प्रहरीले शुक्रबार जिल्ला अदालत ललितपुरबाट पाँचदिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा खटिएका प्रहरीहरुका अनुसार उज्ज्वल मानसिक रुपले रोगि देखिन्छन् भने उज्ज्वल र बुहारी बीच भावनात्मक सम्बन्ध रहेको थियो।

यस्तै उज्ज्वलले बुहारीलाई क्यानडा नजान दबाव दिँदै आएको समेत प्रहरीले जनाएको छ। पछिल्लो पटक उनले नेपालमै पनि केहि गर्न सकिने भन्दै उनले अञ्जनालाई क्यानडा नजान पटक-पटक दबाव दिंदै आएका थिए। हिरासतमा हुँदा उनले बुहारीसँग भावनात्मक सम्बन्ध रहेको बताएको प्रहरी भनाइ छ। तर उनले भावनात्मक सम्बन्ध कुन हद सम्मको थियो भन्ने बारे भने खुलाइसकेका छैनन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्