पर्सा । वीरगन्ज महानगरपालिका–१६ सिँग्याहीपुलस्थित सडकमा ना ७ त ६२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते हुनेमा २५ वर्षीय लभ्ली गुरूङ लगायत १२ जना रहेका छन् ।
दुर्घटनामा घाइते भएका सबैको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छ । बारा विश्रामपुर गाउँपालिका–१ छतवाबाट बिन्दबासिनी गाउँपालिका–१ गर्दौलतर्फ जन्ती बोकेर जाने क्रममा उक्त ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
