Logo

हिमाल चढदा मात्रै ५५ करोड राजस्व सङ्कलन


काठमाडौँ । पछिल्लो समय पर्वतारोहीको सङ्ख्यामा बढोत्तरी आएसँगै राज्यको राजस्व सङ्कलनमा समेत उल्लेखनीय वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७५/७६ मा मात्र एक हजार हाराहारीमा पर्वतारोहीले नेपालका विभिन्न हिमालको आरोहण गरेका छन्, जसबाट करिब ५५ करोडको राजस्व सङ्कलन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्र १०६ समूहमा रहेर ८४२ जना स्वदेशी तथा विदेशी पर्वतारोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य ३० पर्वतको सफल आरोहण गरेका छन् । त्यसबाट ५५ करोड ५ लाख ५७ हजार ७ सय ३८ रुपैयाँ सैंतीस पैसा राजस्व सङ्कलन भएको छ । यो पर्वतारोहण क्षेत्रबाट अहिलेसम्मकै उच्च राजस्व सङ्कलन हो ।

गत आर्थिक वर्ष २०७४/७५ मा पर्वतारोहण क्षेत्रबाट ४६ करोड ६१ लाख ६२ हजार रुपैयाँ मात्र राजस्व उठेको थियो । यस वर्ष आर्थिक वर्ष अन्त्य हुन दुई महिना अगावै ५५ करोड नागेको हो । यो रकम अझ बढ्न सक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निर्देशक तथा सूचना अधिकारी सुरेन्द्र थापाले बताए ।

‘५५ करोडमाथिको राजस्व सङ्कलन गर्दै पर्यटन क्षेत्रबाट पर्वतारोहणले नयाँ रेकर्ड कायम गरेको छ । अझ यो रेन्ज बढ्न सक्छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा

नेपालका परिचित र पर्वतारोहणका लागि अत्यन्त महत्त्वपूर्ण मानिएका ६ हजार रेन्ज माथिका कञ्चनजङ्गा, अन्नपूर्ण, लाङ्टाङ, मनास्लु, अपी, पासाङ ल्हामु लगायतका ३० भन्दा बढी पर्वतहरूको समेत पर्वतारोहण भइरहेका छन् । यी हिमाल तथा पर्वतको समेत राजस्व सङ्कलनमा महत्त्वपूर्ण योगदान रहेको छ । ६० करोड पुग्ने हाम्रो अनुमान छ ।’ उनले भने, ‘पर्यटन सिजन सकिन लागे पनि पर्यटकको आकर्षण र आगमनको निरन्तरताले भने यो रेन्ज अझ माथि उठ्ने देखिन्छ ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्