आईपिएलको फाइनलमा छाएकी यी सुन्दरी को हुन्?

ईन्डियन प्रमियर लिगको फाइनल प्रतिष्पर्धा अन्तिम बलसम्म रोमाञ्चक रह्यो। एक रनले मुम्बई ईण्डियन्स चेन्नई सुपरकिङ्सलाई हराउँदै उपाधि विजेता बन्यो।
यस म्याचको रोमाञ्चका लागि विभिन्न कारण रहे पनि धोनी रोन आउट हुनु र अन्तिम ओभरमा पोलार्डको व्यवहारको विशेष चर्चा भयो। यसका अलावा दर्शकदीर्घामा रहेकी मुम्बईकी एक युवती फ्यानले मान्छेहरूको ध्यान खुबै खिचिन्।
यस म्याचमा धेरै उतारचढाव आए, भए। अन्तिम बलसम्म म्याच कसको पक्षमा छ भन्ने छुट्याउन कठिन नै भयो। म्याच कहिले मुम्बईतीर त कहिले चेन्नईतीर ढल्कियो। यसैबीच आईपिएलका क्यामरा क्रुको ध्यान भने एक महिला फ्यानतर्फ खुबै ढल्कियो। जसका कारण टिभी स्क्रिनमा यिनलाई थुप्रैपटक देखियो। थुप्रैपटक स्क्रिनमा छाएकी यी सुन्दरी युवतीलाई लिएर कतिले क्यामरा क्रुलाई ‘म्यान अफ द म्याच’ दिनुपर्ने टिप्पणी गरे भने कतिले मुम्बईकी यी फ्यान युवतीको सुन्दरताको प्रशंसा गरे।
यस म्याचका बारेमा चेन्नईको ब्याटिङ र मुम्बईको बलिङको चर्चा सँधै हुने नै छ। शेन वाटशनले म्याचमा टोलीलाई कायमै राखे भने जसप्रीत बुमराहले सदाझैं मुम्बईलाई खेलमा फर्काए। यो सिलसिला तलमाथि हुने नै छ तर टिभीमा पटकपटक देखिएकी यी युवतीको बारेमा पनि फ्यानहरूले जाँच सुरू गरेका छन्। यसै क्रममा एकल फ्यानले ट्वीटरमा यी युवतीलाई संकेत गर्दै ‘केहि पत्ता लाग्यो?’ भनेर समेत सोधेका छन्।