Logo

प्रेस युनियनसँग सभामुख महराले भने- सञ्चारमन्त्रीसँग विधेयकबारे कुरा गर्छु


सरकारले सदनमा दर्ता गरेको मिडिया विधेयकबारे सञ्चार क्षेत्र आन्दोलित भएपछि सभामुख कृष्णबहादुर महराले विधेयकबारे सञ्चारमन्त्रीसँग कुरा गर्ने बताएका छन्।

सभामुख महरालाई ज्ञापनपत्र बुझाउन पुगेका नेपाल प्रेस युनियनका पदाधिकारीसँग मंगलबार सभामुख महराले विधेयक संशोधनसहित फिर्ता गराउन सकिन्छ कि भनेर सञ्चारमन्त्रीसँग कुरा गर्ने बताएका हुन्।

प्रेस स्वतन्त्रता हनन् गर्ने र सरकारबाट नियन्त्रण गर्ने गरी मिडिया काउन्सिल विधेयक आएपछि नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन आन्दोलनमा छ।

आन्दोलनका कार्यक्रम अनुसार नै प्रेस युनियनले सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई केन्द्र र प्रमुख जिल्ला अधिकारीमार्फत् देशैभरबाट ज्ञापनपत्र बुझाएको छ।

सभामुख महराले विधेयक संशोधनसहित फिर्ता गराउनेसम्मको प्रतिवद्धता जनाएको प्रेस युनियनले जनाएको छ।

सोमबार नेपाल पत्रकार महासंघका पदाधिकारीसँगको भेटमा पनि सभामुख महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयकबारे व्यापक छलफल गराउन पहल गर्ने बताएका थिए।

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकमा कसैको मान मर्दन हुने गरी समाचार लेखेमा १० लाखसम्म क्षतिपूर्ति भराउन सक्ने उल्लेख भएपछि पत्रकारहरू आन्दोलनमा छन्। Source: Setopati.com

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्