Logo

४०० मिटर दौडको ‘फिनिसिङ लाइन’मा दुई खेलाडी बराबरी भएपछि…


टेक्सास। अमेरिकाका २० वर्षीय धावक इनफाइनाइट टकरले रेस जित्नको लागि अनौठो उपाय लगाएका छन् । साउथ इस्टर्न कन्फ्रेन्स नेशनल च्याम्पियनशिपमा टेक्सास ए एण्ड एम युनिभर्सिटकिा खेलाडी टकरले फिनिसिङ लाइनमा डाइभ हानेर रेस जितेका हुन् । नियमअनुसार जुन खेलाडीको शरीरको अघिल्लो भागले फिनिसिङ लाइन पहिले छुन्छ त्यही खेलाडी विजेता हुन्छ ।

 

टकरले ४९.३८ सेकेण्डमा रेस पूरा गरेर स्वर्णपदक जिते । रोबर्ट ग्रान्ट ४९.४७ सेकेण्डमा रेस पूरा गर्दै दोस्रो स्थानमा रहे । टकरका अनुसार १० औं हर्डल्स पार गरेपछि उनका आँखा बन्द भएका थिए । जब उनले आँखा खोले उनी फिनिस लाइन नजिकै थिए । त्यसैले उनले हाम्फाले । दोस्रो भएका ग्रान्ट र टकर फिनिस लाइन नजिकै पुग्दा बराबरी थिए । तर, टकरले एक्कासी अगाडि डाइभ हानेपछि उनको हात ग्रान्टभन्दा पहिले फिनिस लाइनमा पुगेको थियो ।
-डिसी नेपाल

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्