Logo

इटहरीमा घरकाे ३ तला माथिबाट खसेर किशोरीको मृत्यु


सुनसरीको इटहरी उप-महानगरपालिका-६, संगीत चोकमा आइतबार घरको ३ तला माथिबाट खसेर १ किशोरीको मृत्यु भएको छ।

 

बेलुका ९ बजेको समयमा कुवेर शर्माको घरमा डेरा गरी बस्ने बाबुलाल शर्माकी छोरी वर्ष १७ कि पूजा शर्मा घरको ३ तला माथिबाट खसेर घाइते भएकी थिइन्।

गम्भीर घाइते किशोरीलाई उपचारको लागि तत्काल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ।
-नेपाल लाइभ

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्