Logo

जब सन्नीले १० लाख डलर मागिन्…..?


पोर्न स्टारको छवि बनाएकी एक युवती एक रियालिटी शो हुँदै भारतीय सिनेमा उद्योग बलिउडमा जम्नेछिन् भनेर सायदै कसैले सोचेको हुनुपर्छ। आज अभिनत्री सन्नी लियोनीको नाम बलिउडका लागि नौलो नाम होइन।

 

हिजो सोमबार १३ मे मा सन्नीले आफ्नो ३८ औं जन्मदिन मनाइन। भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’ले उनलाई भारतभर अझ राम्रोसँग चिनायो। बलिउड सुपरस्टार शाहरूख खानसँग समेत काम गरिसकेकी सन्नीको बलिउड प्रवेश आफैमा रोचक छ। ‘जिस्म-२’ सिनेमाबाट बलिउडबाट डेब्यू गरेकी सन्नी त्यसअघि नै चर्चित निर्दशक महेश भट्टको नजरमा परेकी थिइन। उनी सन्नीलाई ‘कलियुग’ सिनेमामा डेब्यू गराउन चाहन्थे तर सन्नी पारिश्रमिकको रकम सुनेपछि उनले हिम्मत गर्ने सकेनन। आफ्नो सिनेमामा सन्नीलाई अभिनय गराउने इच्छा नै त्यागिदिए।

सन्नीले त्यतिबेला मागेको रकम कुनै पनि बलिउड स्टारको भन्दा कम थिए। उनले महेश भट्टसँग १० लाख अमेरिकी डलरको मागेकी थिइन। सन्नीको सो पारिश्रमिक सुनेपछि उनले सन्नीलाई खेलाउने इच्छा त्यागेका हुन् किनकी सो समय त्यो महेश भट्टको सिनेमाको पूरा बजेट थियो। सन् १९८१, १३ मईं सन्नीको जन्म क्यानडामा भएको हो। उनको खास नाम करनजीत कौर वोहरा हो।
-सेतोपाटी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्