Logo

‘१२ सत्ताईस’ सिनेमा निर्माणको घोषणा


‘१२ सत्ताईस’ सिनेमा निर्माणको घोषणा भएको छ। वेरोजगार युवाको कथामा निर्माण हुने सिनेमा वैशाख ३१ गतेबाट फ्लोरमा गएको छ। सिनेमा निर्माणको घोषणा शनिबार काठमाण्डौंमा एक कार्यक्रम बिच निर्माण घोषणा गरिएको थियो। सिनेमालाई डेब्यू निर्देशक जौन योन्जनले निर्देशन गर्नेछन्।

 

योन्जनै लेखन रहेको सिनेमालाई रेणु राणा, दीपक खतिवडा र रुपक थापाले सयुक्त रुपमा निर्माण गर्दैछन् । सिनेमामा समिर श्रेष्ठ, अभिषेक नेपाल, अस्मिता लामिछाने, काजी राना, सम्रान्त थापा, एभन राज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायत कलाकारको मुख्य भुमिका रहने छ ।

फिल्ममा दीपक आरजेको संगीत, प्रकाश मल्लको गीत लेखन, अनिस स्यांदेनको छायाँकन, विवेक लामाको मुख्य सहायक निर्देशन, शंकर बहादुर थापाको मेकअप, कृष्ण भण्डारीको सम्पादन सहने सिनेमाका प्रोडक्सन म्यानेजर धर्मेन्द ध्वज मल्ल हुन् ।
-सेतोपाटी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्