Logo

उपप्रधानमन्त्री यादवसँग अन्तर्वार्ताकाण्ड, प्रेस काउन्सिलले सोध्यो ‘एभिन्युजलाई स्पष्टीकरण’


काठमाडौँ–प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेकोे छ ।

उपप्रधानमन्त्री यादवसँग आइतबार राति लिइएको अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकारले पत्रकार आचारसंहिताको ख्याल नगरेको र शिष्टतालाई ध्यान नदिइएको ठहर गर्दै उक्त टेलिभिजनसँग स्पष्टीकरण सोधेको हो ।

एभिन्युज टेलिभिजनलाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिइएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए । एभिन्युज टेलिभिजनको सकस कार्यक्रममा अन्तर्वार्ता दिदै गर्दा उपप्रधानमन्त्री यादब अन्तर्वार्ता छाडेर हिडेका थिए। यसरी अन्तर्वार्ता छाडेर हिडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ भने यादबको ब्यापक आलोचना भएको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्