Logo

नेकपा सोलुखुम्बु जिल्ला कमिटीले पायो पूर्णता


सोलुखुम्बु, ३० बैशाख २०७६ । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सोलुखुम्बु जिल्ला कमिटीले पूर्णता पाएको छ । यसअघि मानबीर राईलाई जिल्ला अध्यक्ष र गोम्बु शेर्पा (कज्र्याङ)लाई जिल्ला सचिवको जिम्मेवारी तोकेसँगै पार्टी जिल्ला कमिटी पूर्णताका लागि काम अघि बढाइएको थियो ।

जिल्ला सचिव शेर्पाले शिखरपोष्टलाई दिएको जानकारीअनुसार सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष र सचिवसहित जम्मा १ सय ३७ सदस्यीय रहेको छ । यसअघि १ सय ३५ सदस्यीय बनाउने भनिएको थियो ।

१ सय ३७ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेले ७१ जना र पूर्व माओवादीले ६६ जनाले पाएको छ । जिल्ला कमिटीको नामावली पार्टीको प्रदेश कमिटीले स्वीकृत गरिसकेको भएपनि २÷३ वटा सदस्यहरुको ठेगाना सच्च्याउनुपर्ने भएकाले भोलीसम्ममा सार्वजनिक गरिने सचिव शेर्पाले जानकारी दिए ।

जिल्ला कमिटीमा माप्य दुधकोशी गाउँपालिकाबाट १६ जना
सचिव शेर्पाकाअनुसार माप्य दुधकोशी गाउँपालिकाबाट पूर्व माओवादीबाट १० जना र पूर्व एमालेबाट ६ जना गरी पार्टीको जिल्ला कमिटीमा जम्मा १६ जना परेका छन् । त्यसमा जिल्ला अध्यक्ष मानबीर राई पनि यही गाउँपालिकामा पर्छन् ।

पूर्व एमालेबाट जिल्ला अध्यक्ष मानबीर राईसहित बुद्धिकिरण राई, तेजबहादुर मगर (असारमान), नारायणकाजी कार्की, धनबहादुर राई र जुनिता माया मगर रहेका छन् भने पूर्व माओवादीबाट शिशिर खालिङ, गौरब राई, प्रकाश खालिङ, दिब्य राई, गणेश कुमार राई, रमेश राई, अर्जुन खालिङ, रञ्जना राई, कैलाश र भक्त राई रहेका छन् ।

सबै नामावली प्राप्त भएपछि प्रकाशन गरिने छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्