Logo

ललितपुरमा महिलाहरुले एक ५९ वर्षीय पुरुषलाई एकान्तमा बोलाएर यस्तो गरेपछि…


काठमाडौं । सामान्यतया अपहरणमा बच्चा उमेरका व्यक्तिहरु पर्ने गरेका छन् । केहीकेही चलचित्रहरुमा ठुला व्यक्तिहरु अपहरणमा परेको देखाइएको हुन्छ ।

नेपालमा पछिल्लो समय अपहरण एकदमै ठुलो समस्याको रुपमा देखा परेको छ । यो बिचमा अर्को अनौठो अपहरणको घटना भएको छ । आजै प्रहरीले ललितपुरको इमाडोलबाट अपहरणमा परेका एक पुरुषलाई सकुशल उद्दार गरेको छ ।

 

अपहरणमा पर्ने इमाडोल बस्ने ५९ वर्षीय कृष्ण चौडेल रहनु भएको छ । महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाको संयुक्त टोलीले कृष्ण चौडेललाई अपहरण गर्ने ढोलाहिटी बस्ने अनिमा भुजेललाई समेत पक्राउ गरेको जानकारी दिएको छ ।

महानगरीय परिसरका प्रमुख (एसएसपी) रवीन्द्र धानुकका अनुसार अपहरण भएको सूचना पाएलगत्तै प्रहरीले चौडेलको उद्दार गरी अनिमालाई ढोलाहिटीबाट पक्राउ गरेको हो ।

सिन्धुली घर भई ढोलाहिटीमा फ्ल्याट लिएर बस्दै आएकी अनिमाले कृष्ण चौडेललाई इमाडोलबाट अपहरण गरेको खुल्न आएको छ । चौडेललाई अपहरण गर्नेमा अनिमासँगै थप २ जना पनि रहेको प्रहरीको अनुमान रहेको छ ।

प्रहरीका अनुसार बिहान ६ बजेतिर कृष्ण चौडेल अपहरणमा पर्नुभएको हो । चौडेल र भुजेल चिरपरिचत व्यक्ति हुन् । उनीहरुबीच पहिलैदेखि पैसाको कारोबार पनि हुने गरेको पाइएको छ ।

आज बिहान बोलाएर अपहरण गरिएको हुनसक्ने अनुमान गरिएको छ । उनले अपहरण गरेर कृष्णको परिवारसँग २ लाख रुपैयाँ फिरौती मागेको पनि बताइएको छ ।

कृष्णलाई अपहरण गरेपछि अनिमाले छोरी चरु चौडेललाई फोन गरी २ लाख फिरौती मागेकी थिइन् । अनिमाले फोन गरेलगत्तै चरुले एक प्रतिष्ठित मिडिया र ललितपुर प्रहरीलाई खबर गरेकी थिइन् । Source : janboli.com

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्