Logo

बिर्तामोडका डिएसपीको कुर्सिमा अर्कै बसेपछि…


झापा । इलाका प्रहरी कार्यालय अनारमनी (विर्तामोड)का डिएसपी सुवास खड्का कार्वाहीमा परेका छन् ।

आफ्नो कार्यकक्षको कुर्सीमा वसेर अर्कै एक व्यक्तीले खिचेको फोटो सार्वजनिक भएलगत्तै डिएसपी खड्का कार्वाहीमा परेका हुन् । खड्कालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा तानिएको छ ।

एक नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी केदारप्रसाद रिजालले प्रहरी संगठनको हित र मर्म विपरित कामगर्ने जो कोहिलाई पनि छुट नहुने बताउनु भयो ।डिएसपी खड्कालाई विराटनगर प्रदेश कार्यालयमा झिकाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

डिएसपी खड्का नभएको मौका पारेर उनकै कार्यकक्षको कुर्सीमा नेम प्लेट र प्रहरीको झण्डा टेवलमा राखेर तस्विर खिच्ने झापाको दमक घर बताउने ३० वर्षिय हर्कराज गुरुङ आईतवार नै पक्राउ परेका छन् । उनलाई अभद्र व्यवहार तथा साइबर क्राइम अन्तर्गत कार्वाही गरीने प्रहरीले जनाएको छ ।

डिएसपी खड्का काठमाडौंबाट सरुवा भएर चार महिना अघि इलाका प्रहरी कार्यालय अनारमनी आएका थिए ।२०७५ साल माघ ७ गते विर्तामोड प्रहरी इन्चार्ज भएका डिएसपी खड्का ५ महिना नवित्तै कार्वाहीमा परेर तानिएका हुन् ।Source- suryodayaonline

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्