Logo

करोडपतिमा सेटिङ्ग गरेर माडेलाई जिताइयो –मुकुन्दे


काठमाडौं : को बन्छ करोडपतिको हिजोको श्रृंखलामा मोरङका राजिब जैनले एक करोड जित्न सफल भएका थिए ।

को बन्छ करोडपति सिजनको वानको एक करोड जित्ने पहिलो व्यक्ति राजिबको खेल्ने शैली र ज्ञानको सा विषयमा सामाजिक संजालमा चौतर्फी प्रसंशा भइरहेको छ ।

तर आफ्नो अभिव्यक्ति कै कारण चर्चा र विवादमा आइरहने मुकुन्द घिमिरे उर्फ मुकुन्देले भने यसमा फरक तर्क दिएका छन् । उसोत हरेक विषयमा अरुको भन्दा मुकुन्देको फरक तर्क नै हुन्छ ।

उनले को बन्छ करोडपतिमा बास्तबिक खेल नभई सेटिङ्ग मार्फत एक माडेलाई करोडपति बनाइएको कुरा आफ्नो टुइटर मार्फत ट्विट गरेका छन् । उनको टुइट जस्ताको तस्तै –

“को बन्छ करोडपति एक्टिङ थियो, पैसा बाँडेर लिनेे सेटिङ थियो, कलाकारले देखाएको कला नै हो, माडेलाई जिताउने प्री प्लानै हो।”

“चुहिएका प्रश्नहरु र घोकन्ते उत्तरहरुको सुटिङ नसकिंदै बजारे जम्बो चेक कसरी तयार भयो? चेकको फ्लेक्स बोर्ड बनाउनका लागि केही दिन अघिदेखि वा केही घण्टा अघि नै अर्डर दिनुपर्छ, करोड लेनदेन गर्ने दुवै कलाकारहरुले अभिनय नै गरेका हुन् भन्ने प्रष्ट देखिएन र?”

यो पनि पढनुस  ! फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’को १ करोड जिते राजिव जैन काठमाडौं : फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’को जारी सिजन वानको ४१ औं श्रृखंलामा विराटनगरका राजिव जैन फास्टटेस्ट फिंगर फस्टमा नौ जना प्रतिस्र्धीलाई पछि पार्दै हट सिटमा बसे। ४१ औं श्रृंखलामा उनले १३ वटा प्रश्नको जवाफ मिलाउँदै २५ लाख जितेका थिए ।न। उनले एक करोड रुपैयाँ जितेर यो फ्रेञ्चाइजमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

जैनले एक करोड जितेको कार्यक्रमको आधा भाग शनिबार प्रशारण भएको थियो भने बाँकी आज आइतबार एपीवान टेलिभिजनमा बेलुका प्रशारण गरिएको थियो। आज सम्मका सह भागीहरुले यति ठूलो रकम जित्न सकेका थिएनन्। उनले सन् २००१ मा इन्डियाको ‘कौन बनेगा करोडपति’मा पनि खेल्ने प्रयास गरेका थिए । टप हन्ड्रेडमा छनोट भए पनि टप टेनमा परेनन् । परिणामः हट सिटमा बस्न पाएनन् ।

तर त्यो रहर उनले १८ वर्ष पछि पूरा गरे । र, करोड जितेर इतिहास पनि रचे । उनि भन्छन – स्वाभाविक रुपमा रमाइलो अनुभव भइरहेको छ। हट सिटमा पुग्नु नै ठूलो कुरा थियो । त्यहाँ पुगेर करोड रुपैयाँ जित्नु झनै ठूलो कुरा थियो। जित्दै जाँदा एक करोड सम्म पुगिन्छ कि पुगिँदैन भन्ने एक्साइटमेन्ट थियो । त्यही संशय भइरहन्थ्यो । त्यो सिटलाई त्यसै हट सिट भनिएको हैन रहेछ ।

साँच्चै हट सिट नै हुँदोरहेछ । त्यो सिटमा बसेपछि मुटुको धड्कन ७२ बाट १२० पुग्न समय लाग्दो रहेनछ । त्यो दिनको एक्साइटमेन्टको बयान कुनै शब्दमा हुँदैन । सगरमाथा चढेको जस्तो भइरहेको छ । को बन्छ करोडपतिका प्रायः सबै श्रृंखला हेर्थें । इन्डियाको ‘कौन बनेगा करोडपति’ पनि हेर्थें ।कम्तिमा १०/१२ वटा प्रश्नसम्म चाँहि मिलाउँछु कि जस्तो लागेको थियो । तर जब म धेरै प्रयास गर्दा पनि छनोट भइन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्