Logo

बुटिक चुरा सम्वन्धि सीप बिकास तालिम समापन : उद्यमीहरु हर्षित


काठमाण्डौ । गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत बैश १३ गतेबाट सञ्चालित बुटिक चुरा सम्वन्धि सीप विकास तालिम २७ गते शुक्रबार समापन गरिएको छ । नेपाल सरकार घरेलु तथा साना उद्योग विकास कार्यलयको आर्थिक तथा प्राविधिक सहयोग र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु काठमाण्डौको संयुक्त आयोजनामा सो कार्यक्रम निशूल्क रुपमा सञ्चालन गरिएको हो ।

कीर्तिपूर नगरपालिका वडा नं ४ टुसालमा सञ्चालित सो कार्यक्रममा उत्साहजनक २६ जना सहभागीहरुले सहभागीता जनाएका थिए । १५ दिनको यो छोटो तालिम अन्र्तगत सबै सहभागीहरुले निकै उत्साह जनक सहभागीता जनाई महत्वपूर्ण सीप हाशिल गरिएको पाइएको छ । हाल सम्मा यो ठाउँमा धेरै तालिमहरु आएको तर कुनै प्रभावकारी नभएको सहभागी गमला बोगतीले बताइन् ।

 

यो अवस्थामा यसपालीको तालिम भने निकै प्रभावकारी र साँच्चीकै उद्यमीहरुको ब्यवहारिक जीवनमा नै आमुल परिवर्तन ल्याउने किसिमको भएको उहाकी भनाई थियो । यो तालिमलाई एकदमै सरल तरिकाबाट प्रशिक्षकले सिकाएकोले छोटो समयमा नै राम्रो सीप हाशिल गर्न आफूहरु सफल भएको एक सहभागी निर्मला सुर्खेतीले बताइन् ।

यो तालिमबाट सिकेको सीपले राम्रो उद्यमी बन्न सक्छु भन्ने विश्वास आफूहरुमा पलाएको समेत उहाले बताइन् । आफ्नो प्रशिक्षणकालको अवधिभर सबै सहभागीहरु निकै मेहिनतका साथ लागी परेको प्रशिक्षक आशा लुहारले बताइन् । सहभागीहरुले सिकेको सीप र मेहिनत हेर्दा उहाहरु अब राम्रो उद्यमी बन्न सक्ने विश्वास आफूमा रहेको समेत उहाले बताइन् ।

तालिमलाई प्रभावकारी र सफल बनाउका लागि उद्यम बिकास सहजकर्ताहरु स्वरस्वती लुहार र पवित्र कुमारी मल्लले महत्वपूर्ण भूमिका निभाएका थिए । नगरपालीका र वडा कार्यलयसँग संमवय गरी यसले चाही राम्रो सीप हाशिल गर्न सक्छ है भन्ने विश्वास लागेकोलाई मात्र तालिममा समाबेश गराएको स्वरस्वती लुहारले बताइन् ।

छोटो अवधिको तालिम भएपनि निकै प्रभावकारी ढङ्गबाट समापन गरिएको सहजकर्ता पवित्र कुमारी मल्लले बताइन् । सहभागीहरुले निकै आकर्षक बुटिक चुराहरु बनाएका थिए । बुट्टा भरेर बनाएको यस किसिमको चुरा बजारमा पाँच सयदेखि सात सय सम्ममा विक्रि हुने प्रशिक्षक आशा लुहारले बताइन् ।

संस्थाकोे तर्फबाट समापनमा पुगेका पदाधिकारीहरुलाई फूलको गुच्छा र सहभागीहरुबाट निर्मित आकर्षक चुरा उपहार दिएर सम्मान गरिएका थिए । समापन कार्यक्रममा संस्थाको तर्फबाट कार्यक्रम संयोजक एवम् पत्रकार राज कुमार राई र मिडिया कोडिनेटर तथा सगरमाथा टेलिभिजनका पत्रकार उत्सव वाग्ले सहभागी रहेका थिए ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्