Logo

सिटीले जित्यो लगातार दोस्रो प्रिमियर लिग उपाधि


एजेन्सी – म्यान्चेस्टर सिटी लगातार दोस्रो पटक इङ्ग्लिस प्रिमियर लिग विजेता बनेको छ ।

आइतबार सम्पन्न लिगको अन्तिम खेलमा ब्रिग्टोन एन्ड होभ अल्बियोनलाई पराजित गर्दै सिटीले लगातार  दोस्रो उपाधि उचालेको हो । सिटीले ब्राईटनमाथि ४–१ गोल अन्तरको जित हात पारेको हो ।

लिगको उपाधिका लागि लिभरपुलको दाबेदारीलाई सिटीले १ अंकको अग्रता बनाउँदै उपाधि खोसेको हो । ब्राईटनलाई पराजित गरेको सिटीको ९८ हुँदा लिभरपुलको ९७ अंक रहेको छ ।

उपाधि विजेता सिटीविरुद्ध २७ औं मिनेटमा ब्रिग्टोनले गोल गर्दै अग्रता बनाएको थियो ।

ब्राईटनका लागि ग्लेन मुर्येले गोल गरेका थिए । तर, १ मिनेट नवित्दै ब्ग्टिोनको अग्रता सर्जियो अग्युरोले तोडेका थिए ।

उनले २८ औं मिनेटमा सर्जियो अग्युरोले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने ३८ औं मिनेटमा एमेरिक लापोर्टेले गोल गर्दै टिमलाई पहिलो हाफमा २–१ को अग्रूता बनाएको थियो ।

त्यस्तै, खेलको ६३ औं मिनेटमा रियाद महरेज र ७२ औं मिनेटमा इल्क्या गुन्डोगानले गोल गर्दै टिमलाई ४–१ गोल अन्तरको जीत दिलाएका थिए । योसँगै सिटीका प्रशिक्षक पेप गोडियला प्रिमियर लिगमा लगातार उपाधि जिताउने पहिलो प्रशिक्षक बनेका छन् ।

यस्तै, आजै भएको अर्को खेलमा उपाधि होडमा रहेको लिभरपुलले वोल्भर ह्यामटनलाई २–० गोल अन्तरले पराजित गरेपनि प्रिमियर लिगको उपाधि उचाल्न भने सकेन ।

वोल्भरलाई पराजित गर्दै ९७ अंक बनाएको लिभरपुल सिटीसँग १ अंकले पछि पर्दा उपाधि सिटीलाई सुम्पियो ।

लिभरपुलको जितका लागि सदियो मानेले २ गोल गरे । उनले खेलको १७ औं र ८१ औं मिनेटमा गोलल गर्दै टिमलाइ जित दिलाए ।

दोस्रो हाफको ६३ औं मिनेटमा रियाद माहरेजले सिटीको अग्रता बढाए । उनले डेविड सिल्भाको पासलाई गोलमा परिणत गरे ।

७२ औं मिनेटमा इल्काए गुन्डोगनले फ्रिकिकमा गोल गर्दै सिटीको उपाधि पक्का गरेका थिए ।

अन्तिम खेलपछि सिटीले ३८ खेलमा ३२ जित २ बराबरी र ४ हारसहित ९८ अंक जोड्यो । दोस्रो स्थानको लिभरपुलले ३८ खेलमा ३० जित, ७ बराबरी र १ हार मात्र बेहोर्यो ।

लिभरपुलले आफ्नो खेलमा वल्भ्सलाई २-० ले पराजित गरेपनि उपविजेतामा सिमित भयो । लिभरपुलका लागि दुवै गोल साडियो मानेले गरे ।

उनले पहिलो हाफको १७ औं र दोस्रो हाफको ८१ औं मिनेटमा गोल गरे ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्