घुससहित नापी कार्यालयका कर्मचारी अख्तियारको फन्दामा

कार्यालयका सर्बेक्षक छत्र बहादुर ठकुल्लालाई अख्ति यार दुरुपयोग अनुसन्धान आयोग बुटवलले रंगेहात पक्राउ गरेको हो ।सर्बेक्षक ठकुल्लाले बर्दघाट नगरपालिका वडा नम्बर १६ का नाम गोप्य राखिएका एक सेवाग्रहीको जग्गाको क्षेत्रफल सुधार गरिदिने भनि २० हजार रुपैयाँ घुस मागेका थिए ।
सर्बेक्षकले घुस मागेपछि उनी अख्तियारमा गएका थिए । अख्तियारले कोड गरेर दिएको पैसा लिएर ती सेवाग्रहीले कर्मचारीलाई दिदै गर्दा टोलीले पक्राउ गरेको अख्तियार बुटवलका सूचना अधिकृत सुरेश भुसालले जानकारी दिए ।उनलाई दिनको साढे तीन बजे नियन्त्रणमा लिइएको थियो ।