Logo

जेष्ठ ५ गते शैक्षिक हड्ताल (यस्तो छ कारण)


काठमाडौँ । विप्लव नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल सहित संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार प्रहरीले पत्रकार सम्मेलनबाटै संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई गिरफ्तार गरेका कारण यो कार्यक्रम गर्न लागिएको सो संगठनले जनाएको छ ।

अखिल क्रान्तिकारीले आगामी जेष्ठ ५ गते आम शैक्षिक हड्तालको घोषणा गरेको हो । संगठनका उपाध्यक्ष रुद्र भट्टराईले विज्ञप्ति जारी गरेर अध्यक्ष ढकालको रिहाईको लागि माग पनि गरेका छन् ।
भट्टले बैशाख २९ गते देशभर विरोधसभा, जेठ १ गते विरोध प्रदर्शन, जेठ ४ गते मशाल जुलुस र ५ गते आम शैक्षिक हड्तालको घोषणा गरेका छन् ।

यसअघि ११ विद्यार्थी संगठनहरुले पनि ढकालको रिहाइको लागि २४ घण्टे अल्टिमेटम दिएको थियो । रिहाइ नगरे देशव्यपी संघर्षका कार्यक्रम घोषणा गर्ने ११ विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्ति मार्फत बताएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्