Logo

जितेन राईको स्वरमा ‘ए साइँली’ सार्बजानिक (भिडियो सहित)


काठमाडौ/ जितेन राई, विशेष गरि पुर्वेली लोकगित/लोकभाकाहरुका लागि एउटा जिवन्त नाम हो। अरुणै तरेँ, उराठै लाग्छ नि, सलल पानी, साउने भेल, घामै छायाँले लगायत दर्शक स्रोताहरुको मनमा अमिट बनेर बसेका दर्जनौँ लोक आधुनिक गीतहरुका सर्जक जितेन राईका किराती संस्कृती र सभ्यतासंग जोडिएका गीतहरु पनि प्रसस्तै सुन्न पाईन्छ।

ब्यबशायिक रुपमा नयाँ नयाँ प्रयोगहरु भैरहेको नेपाली संगित बजारमा फेरि उनै जितेन राईको आवाजमा “ए साइँली …..” बोलको अर्को एउटा सुमधुर पुर्वेली गीत सार्बजानिक भएको छ। स्टुडियो किङ्गमा रेकर्ड भई सोही स्टुडियोको अफिशियल यूट्यूब च्यानलबाट सार्बजानिक भएको गीतमा ईन्दिरा राईले श्वरमा साथ दिनुभएको छ भने नेपाली संगीत क्षेत्रका अर्का मुर्द्यन्य स्रष्टा कृष्णभक्त राईको संगित तथा संगित संयोजन रहेको छ।

ईन्दिरा राई आफैले लेख्नुभएको यो गीतको भिडियो राजकुमार पुर्कोटिको निर्माणमा जस्केलो कृयशनले खिचेको हो भने ध्वनी मुद्रण(मिक्स/मास्टरिङ्ग) राजु कार्की तथा रेकर्डिङ्गमा सुरेश राई रहनुभएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्