प्रेमिका बटुल्ने खेलाडीको सूचीमा नेयमार शिर्ष स्थानमा ! सेलेना गोमेजदेखि ब्रुनासम्म आइपुग्दा बनाए १८ भन्दा बढी प्रेमिका….

बैशाख । पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमार सबैभन्दा धेरै गर्लफ्रेन्ड बटुल्ने खेलाडीको सूचीमा अग्र स्थानमा पर्छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार नेयामरले अहिले सम्म कम्तिमा १८ जना युवतीहरुसँग प्रेमसम्बन्ध राखिसकेका छन् । १९ वर्षको उमेरमै बाबु बनेका उनको सबैभन्दा पहिलो प्रेमिकाको सूचीमा पर्छिन्, याफेला ल्यान्सिलोटी । यद्यपी, उनीसँगको नेयमारको सम्बन्ध खासै बाहिर आएन । उनकी दोस्रो प्रेमिका थिइन्, क्यारोलिना डन्टास । उनी अहिले एक छोराकी आमा हुन् । उनीहरूको भेट सन् २०१० मा भएको थियो ।
एक छोराका बाबु, नेयमारले आफ्नो छोरा डेभिड लुस्सा डा सिल्भा स्यान्टोसमाथि निकै गर्व लाग्ने गरेको बताएका छन् । यसपछि पनि उनले फरन्यान्डो बार्रोसो, अनामरा, एन्ड्रेसा सुइटा, बार्बरा इभान्स लगायत थुप्रैलाई आफ्नो प्रेममा जालमा पारे बताइन्छ । उनका सबै प्रेम सम्बन्ध मध्ये नायिका ब्रुना माक्र्विजिनसँगको सम्बन्धबाट भने उनले निकै ठूलो समस्या व्यहोर्नु पर्यो । त्यसपछि उनले सन् २०१४ मा ब्रुनालाई छाडेर ब्रेकअप गरेर चर्चित गायिका सेलेना गोमेजलगायतका नायिकासँग अफेयर चलाएका थिए । अहिले भने फेरी उनी ब्रुनासँगको निकटता बढाउदै उनकै प्रेममा रमाई रहेका छन् ।
यो पनि पढ्नुहोस्ः बलिउडका यी दुई हस्ती पहिलो पटक एउटै पर्दामा देखिँदै – बलिउडका सुपरस्टार शाहरुख खान र सलमान खानको स्टारडमले जो कोहीलाई लोभ्याउने गर्छ । यद्यपी दुई सफल सुपरस्टारलाई एउटै पर्दामा हेर्ने सौभाग्य उनीहरुका दर्शकले पाएका छैनन् । तर बल्ल यो अवसर जुरेको छ। यो अवसर जुराइदिने भएका हुन् निर्देशक अलि अब्बास जफरले । निर्देशक अलि अब्बास जफर आउँदै गरेको चलचित्र ‘भारत’ लाई लिएर निकै उत्साहित छन् । भारत यो वर्षको प्रतिक्षित चलचित्र मध्येको एक हो । ‘भारत’ मा अनुबन्धित हुनु अगाडि शाहरुख खान कुनै प्रोजेक्टमा काम गर्दै थिए ।
भारतको प्रमोशनको समयमा अब्बासले शाहरुख खान र सलमान खानलाई एकसाथ ल्याउने खबरको खुलासा गरेका हुन् । उनले आफूले सोचेको कुरा संभव हुने पनि बताए । चलचित्र निर्माताका अनुसार सलमान र शाहरुख सँगै काम गर्न इच्छुक छन् । उनले थपे, ‘म दुवैलाई उपयुक्त हुने कथा लेख्दैछु । हामी यी दुवैलाई एकै स्क्रिनमा चाडै नै देख्दै छौँ ।’ अलिले निर्माण गरेको चलचित्र भारतमा सलमान खान र कट्रीना कैफ एकसाथ देखिदैछन् । यो चलचित्रमा दिशा पाटनी, ज्याकिस्रोफ र सुनिल ग्रोबरले पनि अभिनय गरेका छन् । चलचित्र जुन ५ सन् २०१९ मा प्रदर्शनमा आउँदै छ ।