लाहुरेलाई वैद्यको साथ, आज बिगेसोको कार्यक्रम

धरान । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ले आज (शनिबार) ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले आयोजना गर्ने वैचारिक साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दैछन् ।
सो कार्यक्रमको बारेमा शुक्रबार आयोजक संस्था बिगेसोले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । कार्यक्रममा परराष्ट्रविद् डा.ओम गुरुङ्ग, हिरालाल श्रेष्ठ तथा परी थापाको उपस्थितिमा गोर्खा सैनिकमाथि भएको विभेदका विषयमा वैचारिक छलफल हुने छ भने कलाकार मनु नेम्बाङ्ग, शम्भु राई, देशु गुरुङ्ग, यासेली योङहाङ, लक्ष्मी योङहाङ, दिलिप फोम्बो र निमा शेर्पाको सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।
बिगेसोले नेपाल, भारत र ब्रिटिश सरकारले गरेको त्रिपक्षीय असमान सन्धीले गोर्खाली सेनाहरु विभेदमा परेको भन्दै खारेजीको माग गर्ने भएको छ । सन् १९४७ मा तत्कालीन राणा प्रधानमन्त्री पदम शमशेर जवराका समयमा नेपाल, भारत र ब्रिटिश सरकारल गोर्खाली सेनाका विषयमा गरिएका सम्झौता विभेदपूर्ण भएको र यसका विरुद्धमा सर्वोच्चमा समेत मुद्दा चलिरहेको भन्दै विभेदपूर्ण सम्झौताको निरन्तर खबरदारी र आन्दोलन गर्दै आएको ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) का अध्यक्ष पदम सुन्दर लिम्बुले बताए ।
त्यसैगरि बिगेसोका सल्लाहकार नगेन्द्र राईले विगतदेखि नै गोर्खाली सेना भर्तिमा दुवै देशको स्वार्थ लुकेको बताए । उनले नेपाल, भारत र ब्रिटिश सरकारले गोर्खा सेनामा गरिएको सम्झौता तीन देशको स्वार्थमा निहीत रहेको आरोप लगाएका छन् ।
उनीहरुले सन्धीमा गोर्खाली सेनालाई प्रयोग गरेर सबैले फाइदा लिए पनि उनीहरुका लागि सम्झौमा केही नसचेको बताएका छन् । उनीहरुले सिंगारपुरको उदाहरण दिँदै सिंगापुरकै नागरिक आर्मी भए २४ सय पाउने र गार्खाली भर्ना भए र गए ४ सय रुपैया मात्र पाउने विद्यामान असमान भएको बताउँदै यस्तै विभेद ब्रिटिशमा समेत रहेको बताएका छन् । गोर्खा सैनिकलाई सेवा सुविधामात्र हैन, परिवारको शिक्षा, स्वास्थ्यमा समेत विभेद रहेको बताएका थिए ।