योनि र लिंग यसरी मालिस गर्दा बढ्छ यौन क्षमता : के हो साइबर सेक्स ?

डा दिनेश बाँस्तोला
बुढेसकालमा यौन दुर्बलता हुनु स्वाभाविकै हो । बुढेसकालमा यौन चाहना हुने भए पनि यौन शक्ति कम हुँदै जान्छ । युवाअवस्थामै यौन दुर्बलता हुनु समस्या हो । व्यक्तिको तल्लो थालामस, पिट्युटरी ग्रन्थी र लक्षित अंगमा असर गर्ने हर्मनको ठूलो भूमिका हुन्छ । साधारण अवस्थामा यसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी भूमिका निर्वाह गर्छ । महिला र पुरुषको एन्ड्रोजिन हर्मनको निशेचनमा गडबढी भयो भने यौन शक्तिमा समस्या उत्पन्न हुन्छ । विभिन्न औषधि तथा दुव्र्यसनीका कारणले पनि यौन शक्तिमा कमी आउँछ ।
दुर्बलताका कारण
दीर्घ रोगका कारणले त यौन क्षमतामा कमी आउने नै भयो । उच्च रक्तचाप, चिनिरोग, मुटुरोग, मानसिक रोग, मानसिक तथा सामाजिक समस्याका धारणाका कारणले पनि यौन क्षमतामा समस्या हुन्छ ।
यौनाङ्गको सोथ (दुख्ने, पोल्ने, रातो हुने, तातो हुने, सुन्निने र अंगले काम नगर्ने) कारणले यौन दुर्बलता हुन्छ । यौनाङ्गको सोथ कुनै पनि यौनाङ्गको रोगका लक्षण तथा चिह्न हुन् ।
पुरुषको यौनाङ्गको अण्डाशय—पानी र इङ्गुइनल हर्निया हुँदा यौनाङ्गले पूर्ण काम गर्छन् तर यस्ता समस्याले यौन र यौन क्रिडामा भने समस्या हुन्छ । यौन सम्पर्क गर्न पुरुषको अण्डाशय—पानी र इङ्गुइनल हर्निया हुँदा प्रायः असम्भव नै हुन्छ । पुरुषमा इङ्गुइनल हर्निया अण्डाशयको आसपासमा हुन्छ । यस्तो किसिमको हर्निया महिलामा पनि हुन्छ ।
विशेषगरी हृदयाघात र हृदयाघात उपचारपछिको समय धेरै संवेदनशील समय हो । यस समयमा यौन क्षमतामा समस्या हुनु स्वाभाविकै हो ।
चिनिरोगमा धमनी र शिराको कोलेस्ट्रोल जम्मा भई शिरा र धमनी बाक्लो हुन्छ । यसको परिणामस्वरुप यौनाङ्गमा रक्त सञ्चारको कमी हुन्छ । चिनीरोगको समस्या भएको अवस्थामा मानसिक रुपमा यौन चाहना अत्यधिक भए पनि शारीरिक रुपमा भने यौन शक्ति क्षीण हुँदै जान्छ ।
यौन दुर्बलता महसुस भएको खण्डमा यौन सम्पर्कका लागि यौन शक्ति बढाउने उपाय अवलम्बन गर्न सकिन्छ । यौन शक्ति तथा क्षमता बढाउने केही उपाय छन् । आफूसँग सामान्य रुपमा भएको यौन क्षमता व्यायाम, मालिस र औषधिले वृद्धि गर्न सकिन्छ ।
मांशपेशीको व्यायाम
मांशपेशीको व्यायामले यौन शक्ति बढाउन सकिन्छ । कमजोर भएको लिंग र योनिको मांशपेशीको शक्ति मांसपेशीको व्यायामले बढाउन मद्दत गर्छ ।
यौन शक्ति बढाउनका लागि पेटको मांशपेशी, जाङको मांशपेशी, योनि र लिंगको मांशपेशीको व्यायाम गर्न सकिन्छ । मांशपेशीको व्यायाम विशेषगरी वयस्क र वृद्धावस्थामा अति उपयोगी हुन्छ । मांसपेशीको व्यायाम गर्दा पुरुष र महिलाले गुदद्वारको मांसपेशी खुम्च्याउने र फुलाउने गर्न सकिन्छ ।
दैनिक ५/७ पटक र एक पटकमा ४०/५० पटक गुदद्वारको मांसपेशी खुम्च्याउने र फुलाउने गर्नाले यौन शक्ति बढ्छ । एक पटकमा लगातार दुई सयपटक यो व्यायाम गर्दा पनि कुनै किसिमको हानि हुँदैन । बरु अति फाइदा हुन्छ । गुदद्वारको मांसपेशीको व्यायामले महिलामा यौन क्रिडा शक्ति र कामोत्तेजना बढाउँछ भने पुरुषमा शीघ्र स्खलनबाट छुट्कारा पाउने सम्भावना बढी हुन्छ । यस्तो व्यायामले लामो समयसम्म यौन क्रिडा गर्न मद्दत पु¥याउँछ । यौन शक्ति बढाउन यस्तो व्यायाम दैनिक गरिरहनु पर्छ ।
मालिस
मालिस पुरानो र चलनचल्तीको यौन शक्ति बढाउने विधि हो । यौन शक्ति बढाउने मालिस विधि विकसित देशमा अत्यधिक चलनचल्ती र अभ्यासमा छ । यो विधि फलदायी पनि छ । यौन शक्ति बढाउने मालिसको ज्वलन्त उदाहरण अण्डाशयको मालिस हो ।
तालिमप्राप्त व्यक्तिले मालिस गर्नु उपयोगी हुन्छ । थाइल्यान्ड, मलेसिया, सिंगापुर र विकसित देशमा यस्ता मालिस अत्यधिक प्रयोगमा छन् । हाम्रोजस्तो परम्परागत र संकुचित समाजमा लुकेर यौन शक्ति बढाउने मालिस गर्ने चलन भए पनि खुलारुपमा बाहिर भनिँदैन ।
यौन शक्ति बढाउन पुरुषको लिंग र महिलाको योनिमा हातका औंला तथा हत्केलाको सहयोगले हल्का मध्यम किसिमले शक्ति लगाएर मालिस गरिन्छ । मसाजका प्रकारमध्ये यौनाङ्गको मालिस सबैभन्दा महँगो उपचार पद्धति हो ।
सन्तुष्टि तथा आनन्दानुभूतिका लागि विपरीत लिंगीले मालिस गर्दा अति उत्तम हुन्छ । विपरीत लिंगीले मालिस गर्न सम्भव नभएमा समलिंगीसँग पनि गर्न सकिन्छ । विशेषज्ञको सल्लाहमा यौन जोडीसँग पनि यौनाङ्गको व्यायाम गर्न सकिन्छ । यो व्यायाम यति नै समय गर्नुपर्छ भन्ने छैन । तर यौन शक्ति बढाउन यस्तो व्यायाम गरिरहन सकिन्छ ।
यौन शक्तिबद्र्धक औषधि
बजारमा यौनबद्र्धक औषधि नपाइने हैनन् । तर ती औषधिको प्रयोग सम्बन्धित विषयको विशेषज्ञको सल्लाहविना गर्नु हुँदैन ।
यौन शक्ति बढाउने विभिन्न भियग्रा पाइन्छन् । सिलाजित, यार्सागुम्बा, च्याबनप्रास चल्तीका यौन शक्तिबद्र्धक आयुर्वेदिक औषधि हुन् । सिलाजित, यार्सागुम्बा, च्याबनप्रासजस्ता यौनबद्र्धक औषधिको प्रयोग गर्दा आयुर्वेदिक चिकित्सकसँग सल्लाह गर्दा राम्रो हुन्छ ।
सिटेड सिल्डेनाफिल पनि यौन शक्ति बढाउने औषधि हो । भियग्रा हो । तर यसको बेफाइदा पनि छ । सिल्डेनाफिल औषधिको प्रयोगले फोक्सोसम्बन्धी समस्या हुनुका साथै उच्च रक्तचाप र हृदयाघातको जोखिम हुन्छ । त्यसैले चिकित्सकको सल्लाहविना कुनै पनि किसिमका यौनबद्र्धक औषधिको प्रयोग गर्नु हुन्न ।
मनोपरामर्श र शल्यक्रिया
यौन उत्तेजनाको समस्या भएका व्यक्तिले मनोविशेषज्ञको सल्लाह लिनु उचित हुन्छ । मनो चिकित्सक तथा मनोचिकित्सकको सल्लाहमा पनि यौन समस्या समाधान गर्न सकिन्छ ।
यौन समस्या मांशपेशी र स्नायुको कारणले पनि हुन सक्छ । मांशपेशी र स्नायुका कारणले यौन क्षमतामा समस्या भएको हो भने सल्यचिकित्सकले योनाङ्गको ढाँचा बदलेर वा अंग प्रत्यारोपण गरेर पनि उपचार गर्न सकिन्छ । शरीरमा पोषण तत्वको कमीले पनि यौन जीवनमा समस्या हुने भएकाले खानपानमा उचित ध्यान दिनुपर्छ । शुक्रवार साप्ताहिकबाट साभार
यो पनि पढनुस …के हो साइबर सेक्स ?
साइबर सेक्सलाई हस्त मैथुनसँग दाँज्न सकिन्छ । कहाँसम्म सामान्य, कहाँदेखि खराब लत छुट्याउनै सकिँदैन । हस्तमैथुनजस्तै साइबर सेक्स पनि यौन आनन्द प्राप्त गर्ने एउटा वैकल्पिक उपाय हो भन्ने कुरामा दुईमत छैन । साइबर सेक्सका माध्यमबाट व्यक्ति विशेष एक्लैले पर्याप्त यौन आनन्द लिन सक्छ । विश्वव्यापी रूपमै यौन हिंसा तथा बलात्कारका घटना वृद्धि हुनुमा साइबर सेक्स अर्थात् इन्टरनेटमा उपलब्ध यौन सामग्रीलाई दोष दिने जमातको कमी छैन ।
नेपाली समाजमा पहुँच र स्वतन्त्रताका कारणले तुलनात्मक रूपमा पुरुषमा साइबर सेक्सको लत बढी छ । अहिलेको पुस्तालाई कम्प्युटर, ग्याजेट, इन्टरनेट आदिका बारेमा जानकारी गराइरहनु पर्दैन । यस्तैमा यी सामग्रीहरूको माध्यमबाट गरिने यौनिक गतिविधिलाई साइबर सेक्सका रूपमा लिइन्छ । कुनै जमाना थियो। युवती वा महिलाको पिँडौला पनि यौनिक मानिन्थ्यो अर्थात् यतिसम्म हेर्न पनि मानिसहरू लालायित हुन्थे । त्यसैगरी पत्रपत्रिका, पुराना चलचित्रमा यौनजन्य सामग्रीको आफ्नै महत्व हुन्थ्यो । मानिसहरू लुकिछिपी पनि यी सामग्रीहरूबाट यौन आनन्द लिन पछि पर्दैनथे ।
समय निकै फेरिएको छ, हिजोआज साइबर अर्थात् इन्टरनेटमार्फत् जो–कोहीको यौनजन्य सामग्रीमा सहज पहुँच छ । बन्द समाज तथा परम्परागत मूल्य मान्यताका पक्षधर राष्ट्रहरूमा यस्ता सामग्रीमा कानुनी बन्देज लगाउनुका साथ गैरकानुनी मानी कडा सजायको व्यवस्था पनि गरिएको छ । विडम्बना जहाँ बढी कडाइ गर्न खोजिएको छ, त्यहीँ नै यस्ता यौन सामग्रीको अधिक माग तथा गोप्य तवरले उपभोग गर्ने प्रवृत्ति देखिएको छ ।
अन्य प्रयोजनका लागि इन्टरनेट प्रयोग गर्ने क्रममा यी यौन सामग्री उपलब्ध हुने साइट, पोर्टलहरूका बारेमा जानकारी छ भने रमाइलोका लागि यी सामग्री हेरेर यौन आनन्द लिइन्छ । जुन सुरुमा रमाइलो लाग्दा–लाग्दै पछि खराब लत बन्न बेर लाग्दैन । तसर्थ कानुनी रूपमै बन्देज गरिए पनि, परिवार तथा समाजले यसलाई राम्रो नमाने पनि साइबर सेक्सलाई नियन्त्रण त्यति सजिलो छैन ।
एक्लो वातावरण वा एकान्त ठाउँमा कम्प्युटर तथा ग्याजेटको उपलब्धता, अभिभावक तथा अग्रजहरूको निगरानीको कमी, आइटीका जानकार, पोर्न साइट वा पोर्टलको जानकार, यस्ता सामग्रीमा आफ्नै ईच्छा वा चाहना तथा साथीभाईहरूको सल्लाह नै साइबर सेक्सका आधारभूत तत्व हुन् ।
निश्चय पनि साइबर सेक्स सीमित परिधिसम्म एकातिर यौन मनोरञ्जनको राम्रो एवं स्वस्थ्य विकल्प हो भने यसै कारण आफ्नै यौन चाहनालाई आफ्नो नियन्त्रणमा राख्न नसकिएको अवस्थामा यौन अपराध गर्न बेर लाग्दैन । साइबर सेक्सको खराब बानी लाग्यो भने विभिन्न शारीरिक समस्या देखा पर्नुका साथै व्यक्तिगत उत्पादनशीलता एवं कार्य क्षमतामा समेत व्यापक ह्रास आउँछ । साइबर सेक्सको लतले यौन जीवन नै अस्तव्यस्त हुनसक्छ । लामो समयसम्मको साइबर सेक्सको बानीले मानसिक समस्या उत्पन्न गर्न सक्छ ।
साइबर सेक्सको निरन्तर उपयोगले एचआईभी तथा एड्स लगायतका यौनरोग लाग्नबाट जोगाए पनि अनिदो हुने, आँखा दुख्ने, ढाड दुख्ने, टाउको दुख्ने, अण्डाकोष दुख्ने, आलस्य हुने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखा पर्न सक्छन् ।
साइबर सेक्सको खराबीबाट जोगिन आवश्यक कार्यका लागि मात्र इन्टरनेट उपयोग गर्नुपर्छ । इन्टरनेटमा यौन सामग्री हेर्ने सोच आउनासाथ तथा वातावरण बन्नासाथ साथीभाई तथा परिवारजनको सामीप्यमा गई कुराकानी एवं ख्यालठट्टा गर्ने तथा आफूलाई मन पर्ने विषयमा समय व्यतीत गर्नतर्फ लाग्नुपर्छ । घर वा कार्यालयमा कम्प्युटर तथा इन्टरनेटलाई सबैको पहुँचमा राख्नुपर्छ । कसैले पटक–पटक अश्लील सामग्री हेर्छ/हेर्दैन अनुगमन गर्नुपर्छ । यस्ता सामग्री डाउनलोड गरेर राखिएको छ कि हार्ड डिस्क, रिसाइकल बिन आदिमा चेक गर्नुपर्छ ।
घरमा छोराछोरीले एक्लै इन्टरनेट चलाउन चाहने, कोही आउनासाथ अनुहार तथा मुड एक्कासि परिवर्तन गर्छन्, ख्याल गर्नुपर्छ । तिनीहरूका साथीसंगीसँग अप्रत्यक्ष जानकारी लिनुपर्छ । कसैले पनि आवश्यकताभन्दा बढी समय कम्प्युटरमा समय व्यतीत गर्न थाल्छ भने त्यसको वास्तविकता बुझ्नुपर्छ । कसैलाई लाग्छ साइबर सेक्सको खराब बानी छ भने आफ्नो मन मिलेको व्यक्तिसँग छलफल गर्नुपर्छ । आवश्यक परेको खण्डमा मनोचिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ । कान्तिपर साप्ताहिकबाट