Logo

सांसदले नीति बनाउने कि विकास गर्ने ?


सांसदहरु भनेका जनताले चुनेर पठाएका प्रतिनिधि हुन् । उनीहरुको जिम्मेवारी भनेको नीति निर्माण गर्ने हो, तर जनताले उनीहरुबाट विकासको अपेक्षा राख्छन् ।

त्यतिमात्रै होइन, जागिरमा भनसुन, कलेजमा भनसुन र अस्पतालमा भनसुनदेखि म्यानपावरमा भनसुन समेतका भनसुनहरु सांसदले गरिदिनुपर्छ ।

मेरो घरछेउको बाटो पिच कहिले हुन्छ ? खोलामा पुल बनाउने भनेको ५ वर्ष भइसक्यो, खै कहिले बन्छ ? यस्तै प्रश्नहरु हुन्  प्रतिनिधिसभाका सांसदहरुले गाउँ जानासाथ सामना गर्नुपर्ने ।

तपाईहरुको काम विकास गर्ने हो कि कानून बनाउने ? भन्ने प्रश्नमा एक सांसद भन्छन्, ‘केही न केही विकास नगरे त अर्कोपटक जनताले कहाँ चुनाव जिताउँछन् र ! फेरि गाउँ जाँदा खाली हात जान पनि मिल्दैन ।’

सांसदको काम कानून बनाउने भए पनि विकास निर्माणका काममा अग्रसरता देखाउनैपर्ने उनी बताउँछन् ।

सांसद भन्छन्- ‘समानुपातिक सांसद जस्तो टीका लगाएर बनेको भए समस्या थिएन, हामीलाई त गाह्रो छ ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्