Logo

शिक्षकले विद्यार्थीलाई बाल यौन दुर्व्यबहार गरेको खुलासा : ‘भर्जिन’ खोज्दै शिक्षक


सिन्धुलीमाढी सिन्धुलीको फिक्कल गाउँपालिका ३ मा शिक्षकले विद्यार्थीलाई बाल यौन दुर्व्यबहार गरेको खुलासा भएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

फिक्कल सालघारीस्थित मावि रातमाटाका शिक्षक चिरञ्जीवी पहाडीले किशोरीहरू राति घरमा सुतिरहेको अवस्थामा यौन दुर्व्यबहार गर्न खोजेको भन्दै पीडित किशोरीहरूका साथै जिल्ला किशोरी सञ्जाल र बाल सञ्जालले न्याय माग्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् ।

बाल यौन दुर्व्यबहार गर्नेलाई कारबाही गर भन्ने नाराका साथ दबाबदमूलक नारा लगाउँदै सिन्धुलीमाढीस्थित लोकतान्त्रिक चौरबाट सिन्धुली बजार हुँदै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्