Logo

विप्लबलाई काठमाडौँमै कार्यालय खोलेर आन्दोलन गर्न किरातीको अपिल


काठमाडौँ । विप्लबलाई काठमाडौँमै कार्यालय खोलेर आन्दोलन गर्न किरातीको अपिल गरेको छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले विप्लव नेकपालाई काठमाडौँमा आएर कार्यालयनै खोलेर आफ्नो राजनीतिक आन्दोलन अगाडी बढाउन आग्रह गरेका छन् ।

पाँच पार्टीद्वारा आज काठमाडौँको शान्तिवाटिकामा आयोजित बिरोधसभामा बोल्दै किरातीले यस्तो अभिव्यक्ति दिएका हुन् । अध्यक्ष किरातीले इन्डो प्यासीफिक कमाण्डको बिरोध गर्दै आउँदो न जादो नेपालसँगको सम्बन्धमा अमेरिकाले नेपालको काठमाडौँमा कोरियाको सिउलमा जस्तै अमेरिकी सेनाको ब्यारेक बनाउने रणनीति लिएको खुलाशा गरे ।

उनले १ करोड भारतीयलाई नागरिकता दिने  गोप्य सहमतिको आधारमा सिके राउत र ओली-प्रचण्ड मिलेर नागरिकता वितरण गरेको आरोप लगाए । उनले सर्वोच्च अदालतले नागरिकता वितरणको काम रोक्दारोक्दै पनि जबर्जस्ति नागरिकता वितरण भईरहेको बताए ।

किरातीले नेपालको राष्ट्रघातबिरुद्ध यहाँको राष्ट्रिय नारा ‘राष्ट्रिय प्रतिरोध क्रान्ति जिन्दावाद, टिस्टा कांगडा फिर्ता गर’ हुनुपर्ने अभिव्यक्ति दिए ।उनले भने अब यो नारा बोकेर आन्दोलनमा जानु आवश्यक भएको भन्दै यदी यो आन्दोलनमा नगए नेपालमा धेरै ठूलो क्षति हुन जाने सम्भावना भएको उनले बताए ।

उनले भने ‘कानुनी रुपमा स्वतन्त्र मूलुकमा हामी जन्म्यौ, प्रत्यक्ष रुपमा उपनिवेश हामीले भोगेनौं तर हाम्रो पुस्तामा त्यो भोग्नुपर्ने परिस्थिति आउँदैछ ।’ कार्यक्रममा बोल्दै किरातीले पूर्व राजा ज्ञानेन्द्रको अनुहार हेर्न जनताको भीड लाग्ने गरेको भन्दै टिस्टा काँगडा फिर्ता आन्दोलनमा संलग्न भएमा राजा ज्ञानेन्द्रको श्रीपेचबारे पनि सोच्न सकिने बताए ।

किराती नेतृत्वको माओवादी केन्द्रले इण्डोप्यासिफिक सैन्य कमाण्डको अध्यक्षता, खतरनाक होली वाईन प्रकरण, गणतन्त्र नेपाल विखण्डनका लागि जनमत संग्रह र स्वतन्त्र मधेशलाई वैधानिकता, नागरिकता ऐन संशोधन विधेयकद्वारा थरुवान–मधेसका परम्परागत नेपाली नागरिकलाई अल्पमत बनाउने तथा विप्लव नेकपाविरुद्ध प्रतिवन्ध जस्ता ओली–प्रचण्ड सरकारका जघन्य कदमहरुका एउटै श्रृङ्खला भएको विश्लेषण सहितको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

 

अध्यक्ष किरातीले थप्दै भनेका छन्, ‘ओली–प्रचण्ड सरकार असंलग्न परराष्ट्र नीतिमा आधारित संविधानको ठाडै खिलाफमा गएको छ । अतः नेपालको राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा एवं सार्वभौम शान्तिका लागि ओली—प्रचण्ड सरकारको राष्ट्रिय आत्मसमर्पणवाद विरुद्ध जुट्न देशभक्त एवं क्रान्तिकारी जनसमुदायमा नेकपा (माओवादी केन्द्र) जोडदार आह्वान गर्दछ ।’

अमेरिकाको योजना अनुसार ‘इण्डोप्यासिफिक सैन्य कमाण्ड’ को नेपाललाई अध्यक्ष बनाए । यो कमाण्ड भनेको चीन विरोधी हो । अब अमेरिकी सेना विभिन्न बाहनामा ग्वारग्वार्ती नेपाल भित्रिनेछन् । उनी भन्छन्, ‘नेपाललाई अमेरिकी सेनाको ब्यारेकस्थल बनाउने षडयन्त्र भैरहेको छ ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्