किरात को हुन ?

किरात को हुन ?
किराँत शब्दले नेपालका मूलवासी जनजाति लाई नै जनाउँदछ वेद व्यासले लेखेको संसारको वैदीक सनातन धर्म वेदमा समेत यस भुभागमा वस्ने जातीलाई कीरात भनी व्याख्य गरेको छ र सो किराँत भित्र पनि धेरै थरहरू रहेको हुनाले बिभिन्न भाषा, लिपि, संस्कृतिहरू छन् ती मध्ये पनि मूख्य यस प्रकार छन ।
प्रमुख जातिहरु : सुनुवार, लिम्बू, कुलुङ, थुलुङ, बाहिङ, नाछिरिङ, खालिङ, याक्खा, आठपहरिया राई, सुनुवार किराँत लगाय छन । किराँत भनेको नेपालका मुलबासी जाति हो । किराँतहरूको बसोबास नेपालको पूर्ब र हिमाल सम्म फैलिएको छ । यो जाति भनेको नेपालको सबै भन्दा प्राचीन जाति हो र नेपालमा खेतिको सुरुवात् गर्नुका साथै सुङुर पालन आरम्भ गर्ने यिनै जाती हुन । काठमाडौंका गोपाल राजालाई हटाएर यलम्बर पहिला किराँती राजा भएका थिए ।
वस्तुतः किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो । किरात भन्नाले एउटै मात्रै जातिलाई नबुझाई विभिन्न जातिहरूलाई बुझाउने समुच्च अथवा समष्टि रूप हो । यो विभिन्न जातिहरूको माला हो अर्थात् विभिन्न जातिहरूको साझा पहिचान हो ।
यसरी किरात राई जातिभित्र कुन कुन जातिहरू पर्दछन् भन्ने विषयमा लामो समयदेखि नै विभिन्न किसिमका फरक–फरक धारणाहरू आइरहेका छन् । तापनि, हाल आएर राई, लिम्बू, सुनुवार र याख्खा जातिले आफू किरात भएको स्वीकार गरेका छन् । त्यसैले, वर्तमान समयमा किराती भन्नाले यिनै चार जातिहरू राई, लिम्बू, सुुनुवार र याख्खालाई बुझ्ने गरिन्छ । यिनै चार जातिमध्ये राई जाति किरातको प्रमुख जातीय सम्प्रदाय हो । प्रस्तुत आलेखमा यिनै राई जातिको संक्षिप्त परिचय प्रस्तुत गरिएको छ ।
अझ बिस्तृत तलक भिडियोमा हेर्नुहोस ।