डकबाट चार कम्युनिस्ट नेताहरुले ओली सरकारलाई विप्लव नेकपालाईजस्तै आफुहरुलाई पनि प्रतिवन्ध लगाएर देखाउन चेतावनी दिएका छन् ।

विप्लव नेकपासहित पाँच पार्टीले आज काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रममा उनीहरुले विप्लवसँग सहकार्य गरेकोमा सरकारले आफुहरुलाई पनि प्रतिवन्ध लगाएर देखाउन चेतावनी दिएका हुन् ।

कार्यक्रममा क्रान्तिकारी माओवादीको संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, माओवादी केन्द्रका अध्यक्ष गोपाल किराती, नेकपाका अध्यक्ष ऋषि कट्टेल र क्रान्तिकारी माओवादीका नेता रामसिंह श्रीषमगरले ओली सरकारको अब दिनगन्ति शुरु भएको टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै उनीहरुले विप्लवसँग सहकार्य गरेको निहुँमा आफुहरुलाई पनि प्रतिवन्ध लगाएर देखाउन ओली सरकार र गृहमन्त्री बादललाई यस्तो चेतावनी दिएका हुन् ।