Logo

बाटो बनाउन नसक्नेले रेलका कुरा नगर्दा हुन्छ सरकार : नानी भन्दा आची ठूलो भो !


सरकार ! न झ्याल खोलेर बस्न सकिन्छ-न बिना मास्क हिड्न सकिन्छ

सबै भन्दा पहिला सडकका धुलाम्मे तस्वीरहरु देखाउन चाहन्छु । यी दृष्यहरु काठमाडौंको बौद्ध–जोरपाटी खण्डमा भएको आन्दोलनका दृश्यहरु हुन् । झट्ट हेर्दा कुनै राजनीतिक परिर्वतनका लागि गरिएको आन्दोलन झंै झल्को दिने यी दृश्यहरु बारे आज कुरा गर्न चाहन्छु ।

यो धरपक्कड, यो आगजनी, यो नाराबाजी सडकको धुलो नियन्त्रण गरियोस् भन्नका लागि हो, कुनै राजनीतिक मुद्धा, माग र आकंक्षाका लागि होइन । हिउदमा धुलो र बर्खामा हिलो खपेर बाँच्न बाध्य जनताले सास फेर्न पाउ भनेर आन्दोलन गर्न पर्ने अवस्था आएको छ, सरकार रेलको कुरामा व्यस्त छ ।

रेल असम्भब छँदै छैन तर ४ वर्षसम्म जाबो ११ किलो मिटर जति बाटो बनाउन नसक्नेले रेलका कुरा गर्दा सरकारले बुझ्ने उखान शैलीमा नै एउटा कुरा भनौ, नानी भन्दा आची ठूलो भो ! ४ वर्ष त पछिल्लो ठेक्काको कुरा यस अघि पनि यहाँका जनताले कहिल्यै सास फेर्न पाएनन् । २ पैसा कमाउन पसल खोलेकाहरुको व्यापार चौपट भयो ।

सामान र सटर छ, ऋण छ, व्याज बढेको बढ्यै छ तर पसलमा ग्राहकको साटो १ पाथी धुलो मात्र आउँछ । के स्थानीय व्यापारीले ऋणको किस्तामा त्यै धुलो लगेर बैकमा बुझाउने ? केटाकेटीको स्कुलमा त्यही धुलोको फि बुझाउने ? घरमा साँझ बिहान त्यै धुलो भुटेर, झोल हालेर, साँदेर तारेर खाने ?

अन्यायको पनि सीमा हुन्छ । न झ्याल खोलेर बस्न सकिन्छ न विना मास्क हिड्न सकिन्छ । मास्क लगाउँदा लगाउँदा यति बर्ष विते कि अब त मास्क निकालेर आफ्नै परिवारका सदस्य अगाडि उभिएपनि हात मिलाएर परिचय गरौ न भन्न पर्ने अवस्था आइसक्यो । जीन्दगी भरी मास्कमा देखेको मान्छे विना मास्क कसरी चिन्नु ? प्रधानमन्त्री ज्यू फेरी हसाएरै विदेश तिर लाग्नु भएछ । उहाँले हिजो अस्ती भन्नु भएछ कि अब साथीहरु मास्क नलगाई हिड्न सक्नुहुन्छ ।

यसो भनेर सम्माननिय प्रधानमन्त्रीज्यूले आफ्नै मन्त्री साथीहरुलाई भन्नुभएको सक्छ । किन भने उहाँहरुसँग त एसिवाला गाडी, झ्याल बन्द गरेपछि मास्क कहिल्यै लगाउनु पर्दैन । तर जनताको हालत चाँही यी यस्तो छ । बौद्ध–जोरपाटी यस्तो ठाँउ हो जहाँ सम्भवतः सबैभन्दा धेरै अपाङ्गता भएका व्यक्तिहरु बस्दछन् । यस्ता नागरिकहरुको पीडा कसरी सम्बोधन गर्ने ?

के यो देश हात गोडा आँखा कान चल्ने नागरिकको लागि मात्र हो ? रेलको विरोध गरेकै होइन तर सडक बनाउन नसक्नेले हाम्रो प्राथमिकतामा नै नपरेको रेल, रेल, रेल भनेर रुन्चे बच्चाले झैं खुट्टा बजारेको देखेर चाँही अचम्म लाग्छ, ताजुब लाग्छ ।

करिब ७ सय घरको मुआब्जाको मुद्धा छ, अदालतको स्टे अर्डर छ, त्यसैले सडक विस्तार भएन रे । ल ठीक छ । पहिलो कुरा मुआब्जाको बिषय नै नटुङ्याई ठेक्का किन दिएको, सडक किन भत्काएको ? मुआब्जाको बिषय टुङगिन ५० बर्ष लाग्ला के ५० बर्षसम्म जनताले धुलो खाने ?

भएको सडक पिच गर्नु पर्दैन ? यो देशमा त्यस्ता इन्जिनियर नै छैनन् त जो अहिले भएको सडक पिच गरेर पछि अदालति बिषय टुङ्गिसकेपछि चौडा भएको सडकलाई जोडेर फेरि पिच गर्न सकोस ? बृद्धबृद्धा, रोगी, केटाकेटी, गर्भवतीहरु स्वस्थ्य भएर बाँच्नु नपर्ने, खाली मन्त्री, सचिव, उच्च पदस्थ कर्मचारी ठेकेदार मात्र बाँच्न पाउने ? आन्दोलन गर्नु जाहेज होइन तर आँफू र आफ्ना सन्ततिको फोक्सो भरी धुलो नै धुलो बोकेर कति दिन बाँच्न सक्छ माँन्छे ? त्यसैले हेलो यातायात मन्त्रीज्यू, अब सिंहदरबार भित्रको एसिवाला रुमबाट बाहिर निस्किनुस् ।

तपाइको टेबुल, चियर, केही दिनका लागि यी सडक छेउको सटरमा राख्नुस् । सुविधा सम्पन्न सरकारी आवास छोडेर यही सडक छेउको घरमा बस्नुस्, सार्वजनिक सवारी चड्नुस्, श्रीमती ज्यूलाई तरकारी किन्न त्यही बाटो हिडाउनुस्, छोराछोरीको स्कुल कलेज त्यतै सारिदिनुस् ।

७ दिनमा तपाई लगायत तपाईका सपरिवार विरामी परेनछन् भने जे भन्नु हुन्छ त्यही मान्छु । जनताको भोट लिएर आएको मानिस जनतालाई विरामी पारेर आँफू मात्र शान्त, शितल, सफा, स्वच्छ स्वस्थ्य ठाँउमा बस्न कसरी सक्छ ?

त्यस क्षेत्रका सांसदहरुको पनि महिनै पिच्छे खातामा पैसा आउँछ । जनतालाई सुख दिन्छु भनेर भोट मागेर गएर अहिले जनताले पाएको सास्ती हेर्न कसरी सक्नु हुन्छ ? आँफूले दुख पाएपनि आफ्ना भोटरले दुख नपाउन भनेर सोच्न मान्छे पो राजनीतिज्ञ हुन्छ ।

आँफू सारा सुविधा लिएर जनतालाई मर्न मात्र बाँकी राख्ने मान्छे राजनीतिज्ञ होइन चतुर खेलाडी हो जो काम गरेर खान नसकेपछि गफ दिएर खान पल्कियो । यो देशमा गरिबको बस्ती, अस्पतालदेखि स्टेडियमसम्म जनताको चन्दाले बन्दै छ, के बाटो पनि जनताले नै बनाउनु पर्ने हो ?

सरकारले हामी सक्दैनौ मात्र भनि हेरोस्, जनतापछि हट्दैनन् । यो दिन यति बजेर यति मिनेटमा भनेर, घोषणानै गरेर तयार गरिदिन्छन् । राजनीतिज्ञहरुले लाज पचाउने कि बचाउने, आँफै निर्णय गरुन् ।

विशेष रिपोर्टः भारतीय नागरिक नेपालका वडा अध्यक्ष ! सरकारी कार्यालयमै खुलेआम बिजुली चोरी (भिडियो)

कार्यक्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. भारतीय नागरिक नेपालका वडा अध्यक्ष !

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाँउपालिका ५ का वडा अध्यक्ष लहिश पठान नै भारतीय नागरिक भएको पाइएको छ । उनीसँग भारत सरकारले आफ्ना नागरिकलाई दिने आधार कार्ड र नेपाल सरकारले आफ्ना नागरिकलाई दिने नेपाली नागरिकता दुवै छन् । लहिश पठानले भातरबाट नइम खानका नाममा आधार कार्ड लिएका छन् । भारतमा बाबुको नाममा रफिक खान लेखाएका छन् । यिनै व्यक्तिले नेपालमा कपिलवस्तु जिल्लाबाट बाबुको नाम जमिल पठान उल्लेख गरेर लहिश पठानको नाममा नागरिकता लिएका छन् ।

२. रौतहटका सरकारी कार्यालयहरुमै चोरीको बिजुली !

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाका अधिकांश सरकारी कार्यालयहरुमा चारेर विजुली प्रयोग गर्ने गरिन्छ । यो फतवापुर वडा नम्बर ३ को वडा कार्यालय हो । यहाँ चोरी गरेर बत्ति बालिएको छ । विजुलीको तारबाट हुक गरेर विजुली चोर्नु यहाँ सामान्य जस्तै भइसकेको छ । सोही वडामा रहेका ट्ङग्राहा स्वास्थय चौकी हो । यस स्वास्थ्या चौकीमा पनि बर्षाैदेखि चोरीकै विजुली प्रयोग गरिदै अएको छ ।

३. विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गर्न खोज्दा बाधक बने वडा अध्यक्ष !

रामेछाप । कालिन्चोक फाउन्डेशन नेपालले रामेछाप मन्थली नगरपालिकाका वडा नम्वर ११ र १२ का सम्पूर्ण सरकारी स्कुलका विद्यार्थीहरुलाई निशुल्क झोला, ट्र्याक सुट, कापी र पेन्सिल वितरण गर्न खोज्दा त्यसमा पनि राजनीति गरिदैछ । काठमाडौंमा विभिन्न पेसा गरेर बस्ने रामेछापकै स्थानीय युवाहरुले आफ्नो क्षेत्रका लागि केही गर्न उदेश्य राख्दा पनि केही व्यक्तिहरुले अवरोध सिर्जना गरेको भन्दै हाम्रो कार्यालय आएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्