Logo

हाँस्य टेलिसिरियल ‘रिसानी माफ’ नयाँ च्यानलबाट


काठमाडौं – कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘रिसानी माफ’ नयाँ च्यानल मार्फत दर्शकको माझमा आउने भएको छ । कान्तिपुर टेलिभिजनमा ६४ औं भाग प्रसारण भइसकेको सिरियल दर्शकका माझ लोकप्रिय छ ।

आउँदो मंगलबार देखि आफ्नै युट्युव च्यानल मार्फत उक्त सिरियल दर्शक माझ ल्याउने निमार्ण पक्षले जनाएको छ । रिसानी मार्फको आफ्नै युट्युव च्यानल Birkhe & Hirakaji मार्फत दर्शक माझ आउने सिरियलका निर्माता तथा हिराकाजीको भुमिकामा रहेका कलाकार राजकुमार देवकोटले बताए । उनका अनुसार अबदेखि हरेक मंगलबारबाट उक्त सिरियललाई युट्युव मार्फत सार्वजनिक गरिने बताए ।

सिरियलमा रामचन्द्र अधिकारी, सुरबीर पण्डित, आशा खड्का, विनोद राई, राजकुमार देवकोटा, वेगम नेपाली, नेत्र रावत, यादव देवकोटा, सम्झना बुढाथोकी, लक्ष्मण चौलागाँई, बिकु थोकर, खनिता गिरी, सन्तोष न्यौपाने, वेगम पुन, सिवहरी नेपाल लगायतका कलाकारहरुको अभिनय रहने बताइएको छ ।

यो सिरियलको परिकल्पनाकार तथा निर्देशन प्रकाश सुवेदी हुन भने निर्माता राजकुमार देवकोटा ‘हिराकाजी’ रहेका छन

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्