प्रदेश नम्बर एकको नाम ‘किरात’ राख्न अझै पनि लडिरहेको छौ -सांसद रामकुमार राई (पासाङ)

प्रदेश नम्बर एकका सांसद रामकुमार राई (पासाङ)ले प्रदेश नम्बर एकको नाम किरातै राख्नु पर्नेमा जोड दिनुभएको छ । किरात राई विद्यार्थी सङ्घको खोटाङ दिक्तेलमा आयोजित ९ औँ राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रलाई सम्बोधन गर्दै राईले आफ्नो पार्टी र सदनमा प्रदेश नम्बर एकको नाम ‘किरात’ राख्न अझै पनि लडिरहेको बताउनु भएको हो ।
प्रदेशको नामकरणको बहस चलिरहँदा पनि आफूलाई पहिचाहनवादी भनेर फूर्ति लागउनेहरु कतै पनि नदेखिएको आराेप समेत लगाउनुभयाे । उहाँले भन्नुभयाे, ‘आफूलाई पहिचानवादी भनेर फुर्ति गर्ने तर प्रदेश १ को नामकरण बारे छलफल चलिरहँदा कहाँ जानुभयाे ?’ आफूलाई पहिचानवादी ठेकेदारी ठान्नेहरु सदनमा खरो रुपमा उत्रिनु पर्ने बेलामा काेही पनि नबाेले उहाँले आराेप लागउनुभयाे ।
कार्यक्रमको प्रमुख अथितिसमेत रहनु भएका किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले प्रदेशको नाम किरात राख्ने सवालमा सडक र सदन अभियानमा यायोक्खा बाहेक कोही नभएको बताउनुभयाे । आफूलाई पहिचानको राजनीति गर्छु भन्नेहरुले १ नम्बर प्रदेश संसदमा बहस चल्दा सडक र सदनमा आगो बाल्नु पर्नेमा चुपचाप बस्नेहरुलाई कसरी पहिचानवादी भन्ने ?
प्रदेश १ को नाम किरात राख्न जोडदार पहल गरिरहनुहुने सांसदहरुलाई थप उत्साहित भएर लाग्न अध्यक्ष राईको आग्रह थियो । इतिहास, भूगोल र सभ्यताको आधारमा प्रदेशको नाम किरात राख्न डटेर लाग्ने सांसदहरुको नाम प्रदेशका जनताले सुनौलो अक्षरले लेख्ने राईको भनाइ थियो ।
संविधान सभा सदस्य अस्मिता कार्कीले प्रदेशको नाम किरात राख्न नेकपा लाग्ने बताउनुभयाे । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता राम दंगालले प्रदेशको नाम किरात राख्न पार्टीले पहल गर्ने बताउनुभयाे। पहिचानको मुद्धा नेकपाकै भएको दंगालको भनाइ थियो ।