Logo

ओखलढुंगा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगित हुने


चिशंखुगढी गाउँपालिकाले ओखलढुंगा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको चिशंखुगढी प्रथम अध्यक्षकप खुला अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता २०७५ आयोजन गर्ने भएको छ ।

जिल्ला सदरमुकाममा पत्रकार भेट गरेर दिइएको जानकारी अनुसार आउँदो जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर खेल आयोजना गर्न लागिएको हो ।

चिशंखुगढी गाउँपालिकास्थित माम्खा माविमा ४ दिनसम्म चल्ने भलिबल खेलमा एउटै गाउँपालिकाभित्रको टीम बनाएर जुनसुकै तहमा खेल्ने खेलाडीले भाग लिन पाउने खेलकुद व्यवस्थापन समिति सचिव सुधीर कार्कीले जानकारी दिए ।

भलिबल खेलका लागि विभिन्न १४ विधामा पुरस्कार राखिएको आयोजकले जनाएको छ । जस अन्तर्गत प्रथम हुने टीमलाई १ लाख ५१ हजार १ सय ११, द्वितीय हुने टीमलाई १ लाख १ हजार १ सय ११, तृतीय हुने टीमलाई ५१ हजार १ सय ११, सान्त्वना हुने टीमलाई २५ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कारको व्यवस्था गरिएको छ ।

साथै खेलमा अनुशासित टीम, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ओपन स्पाइकर, उत्कृष्ट क्विक स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, अनुशासित खेलाडी, नव उदीयमान खेलाडीलगायतलाई पनि उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्