Logo

५ कम्युनिस्ट पार्टीको वैशाख २७ गते बृहत विरोध सभा


र्यगत एकता गरेर सडक संघर्षमा होमिएका ५ कम्युनिस्ट पार्टीका शिर्ष नेताहरूले भोली वैशाख २७ गते काठमाडौमा हुने बृहत विरोध सभामा सम्बोधन गर्ने भयका छन् । उक्त विरोध सभामा देशैभरबाट हजारौ जनताको सहभागिता रहने उनीहरूको दावी छ ।

सत्तारूढ़ दल ओली सरकारले नेकपा विप्लव माथी लगाएको राजनीतिक प्रतिबंध , नागरिकता , भ्रष्टाचार विरुद्ध जनतालाई सचेत गराउन उक्त विरोध सभाको आयोजना गरिएको बताएका छन्। ५ कम्युनिस्ट बाम घटकले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै केपी ओली सरकारले राष्ट्रघात र जनविरोधी क्रियाकलाप गरेकोले नेपाली जनता आक्रान्त भयकोले राजनीतिक र संगठनात्मक हिसाबले मिल्न सक्ने विषयहरूमा कार्यगत एकता र सहमति गर्ने बताएका छन् ।

आन्दोलनरत ५ कम्युनिस्ट पार्टीले सरकार लाई निम्न मागहरू अगाडी राखेका छन् ।
१. जन्मका आधारमा नागरिकता भएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिनका लागि सत्ता पक्षबाट चालू संसदमा प्रस्तुत संशोधन प्रस्ताव विचाराधीन रहेकै अवस्थामा गृह मन्त्रालयले सर्कुलर जारी गर्दै वंशजको नागरिकता वितरण गरेकोमा हामी त्यसको भत्र्सना गर्दछौँ र संशोधन प्रस्तावलाई फिर्ता लिई उक्त सर्कुलरका आधारमा वितरण गरिएका नागरिकता रद्द गर्न माग गर्दछौँ ।
२. भारतले तयार पारेको नक्कली नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा गाभेर हाम्रो ३७२ वर्ग्किलोमिटर जमिन गायब पारिएको छ । उक्त नक्सामाथि प्रतिबन्ध लगाएर नेपाल सरकारले आफ्नो भूभाग सुरक्षित भएको नक्सा तयार पार्न हामी माग गर्दछौँ ।
३. राजनीतिक पूर्वाग्रहका आधारमा नेकपामाथि जुन प्रतिबन्ध लगाइएको छ, त्यसलाई तुरुन्त खारेज गर्न माग गर्दछौँ ।

४.वाइडबडी विमान प्रकरणमा संलग्न भ्रष्टाचारीहरू तथा हालै प्रधानमन्त्री निवाससहित बालुवाटारको जग्गा व्यक्तिका नाममा लैजाने भ्रष्टाचार काण्डमा संलग्न सबैलाई कारबाहीको माग गर्दछौँ । एनसेलले तिर्नुपर्ने अर्बौँ रूपैयाँ कर तुरुन्त असुली गरियोस् भन्ने माग गर्दछौँ ।

५.तस्करीको ३८ क्विन्टल र साढे ३३ किलो सुन कहाँ छ ? यो सार्वजनिक गरी संलग्नहरूमाथि कारबाही गरियोस् ।
६. कञ्चनपुर भीमदत्त नगरपालिकाकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीहरूलाई सार्वजनिक गरी कारबाही गरियोस् । उक्त सयुक्त वक्तव्यमा ५कम्युनिस्ट पार्टीका शिर्ष नेताहरूले हस्ताक्षर गरेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्