Logo

तत्काल पर्यटन मन्त्री नियुक्त नहुने कारण यस्तो


सरकारले तत्काल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त नगर्ने भएको छ।

सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले नै पर्यटन मन्त्रालय सम्हालेको बताए।

मन्त्रिपरिषदको निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता बाँस्कोटाले पर्यटन मन्त्रालय प्रधानमन्त्रीले हेर्दै आएको र राज्यमन्त्री पनि रहेकोले मन्त्री अहिले नियुक्त गर्नु पर्ने अवस्था नरहेको बताए।

मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि पर्यटन मन्त्रालय खाली रहेको मन्त्रालयमा कहिले मन्त्री नियुक्त हुन्छन् भन्ने प्रश्नमा प्रवक्ता बाँस्कोटाले भने, ‘पर्यटन मन्त्रालय प्रधानमन्त्रीले सम्हानुभएको छ। भिजिट नेपाल २०२० लाई कुनै फरक पर्दैन। राज्यमन्त्री पनि हुनुहुन्छ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्