केपी ओलिको सरकारले २ खर्ब भन्दा बढीका भ्रष्टाचारका काण्ड सार्बजनिक -आलोक रायमाझी

राजधानीको बानेश्वरमा आयोजित बिशाल जनसभामा नेकपा (माओवादी केन्द्र)का पोलिट्ब्युरो सदस्य तथा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष आलोक रायमाझीले बर्तमान केपी ओलि नेतृत्वको सरकारले २६ वटा अर्बभन्दा माथिका भ्रष्टाचारका काण्डहरु गरेको लगाएतका मुद्दाहरूलाई लिएर जोड्दार बिरोध साथै ती सबै भ्रष्टाचारको काण्डहरु समेत सार्वजनिक गरेका छन् ।
१) एनसेल काण्ड -३७ अर्ब
२) स्विस बैंक काण्ड – ५२ अर्ब
३) चुडामणि शर्मा काण्ड – ३० अर्ब
४) चमेलिया जलविद्युत आयोजना काण्ड – २३.५ अर्ब
५) फोर जि काण्ड काण्ड – ११ अर्ब
६) बिनोद चौधरी कर छुट काण्ड – ७ अर्ब
७) वाइडबडी प्लेन काण्ड – ६.५९ अर्ब
८) बुढिगन्डकि काण्ड – ७ अर्ब
९) लोकमान सिंह कार्की काण्ड – ५ अर्ब
१०) भृकुटीमण्डप लिज प्रकरण – ५ अर्ब
११) आसेपासे लाई ढुकुटी बितरण – ५ अर्ब
१२) मेनपावर कम्पनी बाषिक – ४ अर्ब
१३) मध्य पहाडी मार्ग काण्ड – ३.२ अर्ब
१४) गोपाल खड्का काण्ड – ३ अर्ब
१५) माथिल्लो तामाकोसी काण्ड – ३ अर्ब
१६) नेपाल ग्यास बुलेट रोक्का काण्ड – ३ अर्ब
१७) रेडक्रस जमिन / भबन काण्ड – ३ अर्ब
१८) चन्द्रागिरी केबलकार सम्झौता काण्ड – २.८ अर्ब
१९) हुलाकी मार्ग काण्ड – २.५ अर्ब
२०) पप्पु कन्ट्रक्सन काण्ड – २.५ अर्ब
२१) मेलम्ची खानेपानी काण्ड – २ अर्ब
२२) सुगतरत्न कंसाकार काण्ड – १.८ अर्ब
२३) राजेन्द्र क्षेत्री काण्ड – १.५ अर्ब
२४) लाइसेन्स छ्पाइ कमिसन काण्ड – १.५ अर्ब
२५) ३८ क्बिन्ट्ल सुन काण्ड – १.५ अर्ब
२६) हिमालयन एअरलाइन्स काण्ड – १.४ अर्ब
टोटल रु २२४२९ करोड (बाईस हजार चार सय उनन्तीस करोड)अर्थात (२ खर्ब २४ अर्ब २९ करोड ) भ्रष्टाचार गरेको र उक्त रकम फिर्ता नभए सम्म आफ्नो आन्दोलन जारि रहने र यसको निम्ति सम्पुर्ण जनताहरुको साथको लागि अनुरोध र अपिल समेत उनले गरे ।
रायमाझीले अगाडि थपे आज सम्म नेपालको इतिहासमा भ्रष्टाचारको रकम फिर्ता भएको रेकर्ड छैन, अब त्यसो हुन नदिने उदघोष गरे । अर्को प्रसङ्गमा रायमाझीले भने, साच्चै अख्तियारले अहिलेसम्म परेका मुद्दाहरुको सत्य तथ्य छानबिन हुनेहो र कारबाही गर्ने हो भने, नेपालको कुनै पनि नेता नबच्ने जिकिर गरे ।
यो खुलासा पछि पुरै नेपाल राज्यमै तहल्का मचिने पक्का छ, आज सम्म कुनै पनि नेताले यसरी सबै भ्रष्टाचारको भन्डाफोर गरेको पहिलो रेकर्ड हो । उनलाई पुरा नेपाली जनताले साथ दिन जरुरी देखिन्छ ।