मकालु आरोहणका क्रममा विदेशी आरोहीको मृत्यु

काठमाडौं । मकालु हिमाल आरोहणको क्रममा एक विदेशी आरोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा पेरुका प्रसिद्ध आरोही रिचार्ड हिदल्गोको मकालु दोस्रो आधार शिविर ६ हजार ५ सय मिटरको उचाइमा मृत्यु भएको हो ।
विना अक्सिजन तथा शेर्पाको कमै सहयोगमा उनी हिमालका आरोहण गर्ने कोसिसमा थिए। हिगाल्दो मंगलबार मात्रै आधार शिविरमा पुगेका थिए। राति ९ बजे उनी खाना खाएपछि सुत्ने भन्दै आरोहण दलका अन्य सदस्यहरुसँग छुट्टिएको सेभेन समिटले जनाएको छ । समितले नै हिदल्गोको आरोहणको व्यवस्थापन गरेको थियो।
बुधबार बिहान डोरी फिक्स गरेर फर्केपछि शेर्पाहरुले हिदल्गोलाई नदेखेपछि उनको टेन्टमा हेर्न जाँदा हिगाल्दो मृत अवस्थामा भेटिएका थिए । उनी ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल विना अक्सिजन आरोहण गर्ने योजनामा रहेका थिए।
हिदल्गोले मंगलबारमात्रै आफू दोस्रो बेसक्याम्पबाट तेस्रो बेसक्याम्प जाने तयारीमा रहेको आफ्नो फेसबुक पेजमा लेखेका थिए। तेस्रो बेसक्याम्प ६ हजार ७ सय मिटरमा रहेको छ।