Logo

आईपीएलमा निकै रोमान्चक खेलमा सन्दिपको टिम दिल्ली क्यापिटलको जित


निकै रोमान्चक खेलमा सन्दिपको टिम दिल्ली क्यापिटलको जित दुई विकेटले दर्ता गरेको छ । आजको विजेता दिल्लीले फाईनल प्रवेशको लागि आगमी शुक्रबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ । मुम्बई चेन्नईलाई हराउँदै फाईनलमा पुगि सकेको छ । दिल्लीले आजको खेल निकै सङ्घर्षपुर्ण जित रहेको थियो ।

भारतमा जारी इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबारको ईलिमिनेटरमा दिल्ली क्यापिटल्स बिजयी भएको छ। सनराइजर्स हैदरावादबिरुद्ध २ विकेटको राेमाञ्चक जित निकाल्दै दिल्ली क्वालिफाएर राउण्डमा प्रवेश गरेको हो। क्वालिफायर राउण्डमा पुग्नका लागि दिल्लीले बुधबार हैदरावादले पहिले व्याटिङ गरेर दिएको १ सय ६३ रनको लक्ष्य १९ ओभर ५ बलमा ७ विकेटको क्षतीमा पुरा गर्यो। दिल्लीका लागि रिषभ पन्तले  २१ बलमा ४९ , पृथ्वी शहले ३८ बलमा ५६ रन बनाए।

घरेलु मैदान विशाखापट्नमा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरको ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । उसका लागि ओपनर मार्टिन गुप्टिलले १९ बलमा ४ छक्का र १ चौका सहित ३६ सर्वाधिक रनको योगदान दिए । कप्तान केन विलियम्सनले २७ बलमा २ चौका सहित २८ रन बटुले ।

चौथो ओभरको पहिलो बलमा ईशान्त शर्माले कप्तान श्रेयस ऐरबाट क्याच आउट गराएपछि हैदरावादले पहिलो विकेटका रिद्धीमान शाहलाइ गुमाएको थियो । सातौ ओभरको तेस्रो बलमा आक्रमक ब्याटिङ गरि रहेका गुप्टिललाई अमित मिश्राले किमो पलबाट क्याच गराए । यी दुबै आउट भएपछि हैदरवादले सुस्त गतिमा रन जोडेको थियो ।

मनिष पान्डेले ३६ बलमा ३ चौका सहित ३०,रिद्धीमान शाह ८ रनमा आउट भए । तल्लो कमका विजय शंकरले ११ बलमा समान २ चौका र छक्का सहित २५ रनको योगदान दिदै हैदरावादलाई प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याए । मोहम्मद नाबीले १३ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए ।

यो खेल ‘गर या मर’ दुबैको टिमको लागि थियो । चौधौं ओभरको चौथो बलमा पलले पान्डेलाई क्याच आउट गराए । १६ औं ओभरको पाँचौ बलमा इशान्त शर्माले विलियम्सनलाई बोल्ड आउट गरेपछि हैदरावाद ठूलो योगफल बनाउनबाट चुकेको हो । दिल्लीका किमो पलले सर्वाधिक ३ विकेट लिए । त्यस्तै ईशान्त शर्माले २, अमित मिश्रा र टेन्ट्र बोल्टको नाममा समान १ विकेट रह्यो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्