Logo

आठौ अधिबेसन सम्पन्न ::हातिराम राईको नेतृत्वमा २० सदस्य


किरातीहरुको गौरवशाली संगठन किरात राइ यायोख्खा खोटाङ्गको  आठौ जिल्ला अधिबेशन सम्पन्न भएको छ । खोटाङ्ग जिल्लाको सदरमुकाम दिक्तेलमा सम्पन्न भएको कार्यक्रम केन्द्रिय अध्यक्ष दिबस राईको प्रमुख आतिथ्यतामा भएको थियो ।

अधिबेशनबाट हातीराम राईको अध्यक्षतामा २० सदस्य चयन भएकाछन । क्रमश :अध्यक्ष-हातिराम राई, उपाध्यक्ष्य-लक्ष्मी राइ र संजयकुमार राई, सचिब-युगासन किरात, सह-सचिब -मिलन चन्द्र राइ,  सिताराम राई र रिता थुलुङ्ग राई, कोषाध्याक्ष्य -खड्ग बहादुर राई, सह- कोषाध्याक्ष्य-गोपाल राई सदस्यहरुमा =डिल्ली चाम्लिङ्ग ,गणेश राइ, घनश्याम राइ, बिकेन राइ, डील्लिशेर किरात, दिलिप वाम्बुले, बम बहादुर राइ, शौधन राइ, किसन कुमार राइ, दिपक राइ, चाया भएकाहुन, बाकी भाषिक, सास्कृतिक, बिद्यार्थीबाट एक एक सदस्य मनोनित् गरिने बताएकाछन ।

नया कार्य समितिलाई सुभाकामना दिदै केन्द्रिय अध्यक्ष दिबश राइ ले भने हामिले उठायको बिषय  प्रदेश नम्बर एक को नामकरण किरात प्रदेश हुनुपर्छ भनेर सरकार समक्ष्य पटक पटक ज्ञापन पत्र बुझाएकाछौ अझै पनि हाम्रो माग लाइ सम्बोधन गर्न हिच्किचाइ रहेको सरकार ले समय सार्दै सार्दै अन्तिम सम्म पुर्याएको छ हामीले कुनै पनि हालतमा किरात् प्रदेश छोड्ने छैनौ र नयाँ कार्य समितिअझै ससक्त ढंगले लागि पर्न  समेत आग्रह गरेकाछन ।

तेस्तै अधिबेशनमा किरात राइ यायोख्खा  केन्द्रिय पदाधिकारी -अर्जुन जम्नेली राइ, देवान राइ,, उप-प्रमुख विणादेबी राई ,किराबी अध्यक्ष-बिर्सिका राइ ,पूर्व अध्यक्ष-अन्जु राइ लगायत बुद्दिजिबि, संगठन प्रमुख ले सुभकामना ब्यक्त गरेकाथिए ।

भर्खरै नेतृत्व सम्हालेका अध्यक्षले भने अग्रजहरुको सल्लाह सुझाब को सिरोपर गर्दै सुम्निमा पारुहाङ्ग लाइ साक्षी राख्दै किराति समुदायको लागि सधै अगाडी खम्बा भएर उभिने प्रतिबद्दता समेत दिए। हिजो बात सुरु भएको अधिबेशन आज दिऊसो ४ बजे समापन भएको थियो।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्