Logo

श्रीमानकै अगाडि श्रीमतीको सामूहिक बलात्कार भिडियो भाइरल


महिलामाथिको यौन हिंसा डरलाग्दो समस्याको रुपमा बढिरहेको छ । नेपाल मात्र होइन छिमेकी देश भारत पनि यो समस्याबाट मुक्त छैन । भारतको राजस्थानको अलवर जिल्लामा एक दलित महिलालाई आफ्नै श्रीमानको अगाडि ने सामूहिक बलाकार गरेका छन् ।दम्पत्तीको बाटो छेकेर सुनसान स्थानमा पुर्‍याइयो र श्रीमतीमाथि सामूहिक बलात्कार गर्नुको साथै श्रीमानलाई निर्घात कुटपिट समेत गरेका छन् ।

पीडितका अनुसार आफ्ना श्रीमानसँग मोटरसाइकलमा गइरहेका बेला पाँचजनाले उनीहरुलाई घेरेर रोके र सुनसाना स्थानमा लगेर श्रीमानको सामुन्ने नै बलात्कार गरेका थिए ।बीबीसीकाे अनुसार उनीहरूले बलात्कार गरेकाे र श्रीमनमाथि निर्घात कुटपिट गरेकाे भिडियाे समेत बनाएका छन् । अहिले उक्त भिडियाे भाइरल बन्दै गएकाे छ ।

यस विषयमा दलित संगठनले अलवरको थानामा प्रदर्शन पनि गरेका छन् ।बलात्कार गरेकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ भने चार जनाकाे खाेजी भइरहेकाे छ । लोकसभा चुनावका कारण पुलिसले यो घटनालाई थुप्रै दिनसम्म लुकाएर राखेकाे दलित संगठनले आराेप लगाएकाे छ । घटना अप्रिल २६ को बताइएकाे छ।

भिडियो भाइरल गरिदिने चेतावनी दिएकाले पीडित दम्पत्तीले यसबारे मुख खोल्ने हिम्मत नगरे दलित संगठनकाे दाबी छ ।दलित संगठनले मंगलबार पनि प्रदर्शन गर्दै राष्ट्रिय राजमार्ग समेत अवरूद्ध पारे । त्यसपछि पुलिस सक्रिय भएर एक अभियुक्तलाई पक्राउ गर्‍यो ।राज्यका पुलिस महानिर्देशक कपिल गर्गले पत्रकार सम्मेलनमा घटनामा पाँचजनाको संलग्नता देखिएको र अभियुक्तको खोजीमा १४ समूह गठन गरिएको जानकारी दिए । पीडितको मेडिकल एवं फरेन्सिक जाँच पनि भइरहेको उनले जानकारी दिए । -सिधा अनलाईन खबरबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्