Logo

नेकपा माओबादी केन्द्रले प्रदेश नं ३ को नाम ‘नेवा-तामसालिङ’ राख्नु माग (ज्ञापन पत्र सहित)


-रामहरी कार्की

काठमाण्डौ- आज  ०७६ बैसाख २४ गते ३ नं प्रदेसको मुख्य मन्त्री डोर मणि पाैडेलको कार्यलाय हेटाैडा पुगी नेकपा (माओबादी केन्द्र )ले ३ नं प्रदेशको नाम नेवा- तामसालिङ हुनु पर्छ भनी ज्ञापन पत्र बुझाइएको छ। प्रदेश न ३ नामाकंन नेवा-तामसालिङ पहिचानको आधारमा हुनुपर्ने माग गरेको छन्।

नेकपा माओबादी केन्द्रको प्रदेश नं ३ को अध्यक्ष क. पासाङ मोक्तानको नेतृत्वमा प्रदेश नं ३ को नाम ‘नेवा-ताम्सालिङ’ राख्न पाउनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन ।

प्रदेशको नामाकंन पेचिलो भएको भन्दै क. पासाङले भने, ‘यो तीन नम्वर प्रदेशलाई नेवा ताम्सालिङ भन्न पाउने कि नपाउनेरु यसैको आधारमा अरु प्रदेशको नामांकन तय हुन्छ।’ ‘के नाटक मञ्चन गरेको भन्लान्, तर म सबै भाषाको उच्चारण गर्न चाहन्छु।’

उनले भने, ‘हामी संवादमा विश्वास गर्ने भएकाले मालेमाबाद राखिएको हो।’ ‘मालेमाबादले जनतालाई समाजबाद पुर्याउने हुँदा जनताको चाहाना अनुसार प्रदेशको नाम पहिचानको आधारमा राखिनु पर्दछ,’ क. पासाङले बताए ।

क. पासाङ मोक्तानले थप्दै भनेका छन्, ‘ओली–प्रचण्ड सरकार असंलग्न परराष्ट्र नीतिमा आधारित संविधानको ठाडै खिलाफमा गएको छ । अतः नेपालको राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा एवं सार्वभौम शान्तिका लागि ओली—प्रचण्ड सरकारको राष्ट्रिय आत्मसमर्पणवाद विरुद्ध जुट्न देशभक्त एवं क्रान्तिकारी जनसमुदायमा नेकपा (माओवादी केन्द्र) जोडदार आह्वान गर्दछ । र, अबको सबै प्रदेशमा ऐतिहासिक पहिचान सहितको नाम राख्न जोडदार अपिल समेत गर्दछौ ।’

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्